२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपहरणमा संलग्न दुईजना पक्राउ

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका–२५ मख्खन गल्लीस्थित न्यू डालिज साडी र साडी संसार पसलका संचालक काठमाडौं गैरीधारा बस्ने ६२ वर्षीय श्यामसुन्दर अग्रवाललाई गत फागुन ५ गते अपहरण गर्ने कार्यमा संलग्न २ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर बाँगेश्वरी–४ बस्ने २४ वर्षीय किशोर गिरी र भक्तपुर बाँगेश्वरी–३ बस्ने २७ वर्षीय सरोज घोरासैने रहेका छन् । अपहरण कार्यमा संलग्न मुख्य योजनाकार काठमाडौं महानगरपालिका–१९ प्याफल बस्ने भक्तपुर, बाँगेश्वरी–४ का २८ वर्षीय प्रकाश लामिछाने हाल फरार रहेका छन् भने अर्की अभियुक्त अग्रवालकै पसलमा काम गर्दै आएकी काठमाडौं कालीमाटी बस्ने धादिङ्ग, धार्के–४ की २५ वर्षीया राधिका श्रेष्ठको अपहरणमा संलग्नता पश्चात अन्य अभियुक्तहरुबाटै हत्या भएको खुल्न आएको छ ।

अपहरणको योजना अनुसार राधिकाले अग्रवाललाई सुन्धारास्थित सनराईज गेष्ट हाउसमा बोलाएको र सबै अपहरणकारीहरू मिलेर कोठा नम्बर ४०४ मा बन्धक बनाई १० लाख ७० हजार फिरौती लिई कोठामै बन्धक बनाई फरार भएकोमा महाशाखाको अनुसन्धान टोलीले अपहरित अग्रवाललाई तत्काल सकुशल उद्धार गरेको थियो ।

फरार अपहरणकारीको खोजी तथा अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न राधिकाको फागुन २० गते भक्तपुर, बाँगेश्वरी गाविस–४ स्थित मुहान पोखरीमा हातगोडा बाँधी मुखमा टेप लगाई माटोको खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको थियो ।

फिरौती रकममध्ये सरोजलाई २ लाख र किशोरलाई २ लाख दिई बाँकी रकम प्रकाश र राधिकाले राखेर भक्तपुर, बाँगेश्वरीस्थित प्रकाशको घर गएको अवस्थामा उनीहरुको पोल खोल्ने डरले राधिकाको घाँटी थिचेर कर्तव्य गरी मारेको खुल्न आएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप
अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस