चिनिया राष्ट्रपतिद्वारा नेतन्याहुलाई शान्तिका लागि पहल गर्न आग्रह « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चिनिया राष्ट्रपतिद्वारा नेतन्याहुलाई शान्तिका लागि पहल गर्न आग्रह


प्रशासन संवाददाता

९ चैत्र २०७३, बुधबार


बेइजिङ(एजेन्सी) । चीनका राष्ट्रपति सी जिनपिङले इजरायल तथा स्वतन्त्र प्यालेस्टाइनबीच सकेसम्म छिट्टै शान्ति कायम गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटका क्रममा बताएका चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सबै पक्षको चाहना मध्यपूर्वको शान्ति स्थायित्व र प्रगति भएको र इजरायलले प्यालेस्टिनी–इजरायली विवादलाई ‘दुई देशीय समाधान’ मार्फत् सल्टाउनेछ, चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

“सकेसम्म छिट्टै दुई देश (इजरायल र प्यालेस्टाइन) शान्ति र सहअस्तित्वका साथ अघि बढ्ने छन्,” सीले भने ।

उक्त अवसरमा इजरायली प्रधानमन्त्री नेतन्याहुले इजरायल मध्यपूर्वको मामिलामा महत्वपूर्ण भूमिका खेलेको देख्न आफू इच्छुक रहेको बताए ।

इजरायली नेता नेतन्याहुले बृहत् आविस्कारमूलक कार्यमा दुई देशको सहकार्य हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस