४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिक्टोरिया क्रस विजेता पुनको स्मृतिमा सङग्रहालय बन्ने

अ+ अ-

म्याग्दी । बेलायतको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस विजेता एवम् समाजसेवी स्व तुलबहादुर पुनको सम्झनामा जन्मगाउँ म्याग्दीको बेगखोलास्थित तिप्लाङमा सङग्रहालय बन्ने भएको छ ।

गोर्खा आन्दोलनका महानायकको रुपमा समेत चिनिने पुनको जीवनी, युद्धका अनुभव, साम्रगी, पदक, पोसाकसहित पुनका बाल्यकालदेखिका अति महत्वपूर्ण दस्तावेजलाई सङग्रहालयमा राखिने उनका जेठा छोरा अर्जुन तिलिजा पुनले बताए ।

स्थानीयवासीले गाउँमा विकासको रेखा कोर्ने स्व पुनको स्मृतिमा सङग्रहालयको आवश्यकता रहेको बताएपछि पुन परिवारले कालिका आधारभूत विद्यालय नजिक रहेको करिब एक रोपनी जग्गा १५ लाख ५० हजारमा खरिद गरेर विद्यालयको नाममा हस्तान्तरण गरेका छन् ।

सोही जग्गामा सङग्रहालय बन्न लागेको हो । सङग्रहालय निर्माणमा पुनका परिवार, आफन्त र शुभचिन्तकबाट समेत सहयोगको प्रतिबद्धता जनाइएको छ । करिब ४० देखि ६० लाख रुपैयाँ निर्माण लागत अनुमान गरिएको तिलिजा पुनले बताए ।

बेलायती सेनाबाट अवकाश लिएपछि तत्कालीन समयमा ब्रिटिस सरकारको कर्मचारी र राजनीतिक कार्यकर्ताका रुपमा समेत काम गरेका भिसी पुनलाई उत्तरी क्षेत्रका जनतालाई शिक्षा, स्वास्थ्य, विकास निर्माण, खानेपानीसहित विभिन्न आवश्यकतालाई पूरा गर्न बेलायत सरकार, आफ्नै कम्पनी र व्यक्तिगत रुपमा समेत लाखौँ सहयोग प्राप्त भएको थियो ।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत सो सङग्रहालय पर्ने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकले भिसीको सामाजिक योगदानलाई बुझ्ने र हेर्न मिल्ने भन्दै स्थानीयवासीसमेत उत्साहित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस