१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुनै हालतमा संविधान संशोधन हुन नदिने एमालेको भनाइ

अ+ अ-

धनगढी। नेकपा एमालेको मेची–महाकाली अभियान बुधवार कैलालीको टीकापुर पुगेको छ ।

टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भाला डण्डा छोडेर शान्तिपूर्ण प्रतिष्पर्धामा आउन मधेसी मोर्चालाई आग्रह गरे ।

एमाले देशमा तीनै तहको निर्वाचन गराउने माहोल बनाउने अभियानमा लागेको दाबी गर्दै नेता खनालले सभा गर्न पाउने संवैधानिक हक खोस्नमा मोर्चाका नेता लागेको आरोप लगाए ।

निर्वाचनमार्फत देशलाई समृद्धितिर लैजानुपर्नेमा जोड दिँदै खनालले भने, “टीकापुर घटनाको न्यायिक जाँच गरेर दोषीलाई कारबाही गर्नुपर्छ ।”
उनले स्थानीय तहको चुनाव गराउन सरकारले खुट्टा कमाइरहेको बताए ।

एमाले उपाध्यक्ष भीम रावलले कञ्चनपुरमा केही दिनअघि नेपाली युवकको भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको घटनामा भारत सरकारले माफी माग्नुपर्ने बताए । एमालेले छिटोभन्दा छिटो चुनाव गरेर देशलाई शान्ति र स्थायित्व दिन चाहेको रावलले बताए ।

रावलले देशमा कसैको रगत नबगोस् र संविधान कार्यान्वयन गर्दै देशलाई समृद्धितिर लाग्नुपर्ने बेला कहिले तराई, पहाड र जातजातलाई लडाइ राष्ट्रलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताए।
यता, मेची महाकाली अभियान अन्तर्गत बर्दियाको राजापुरमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै अर्का उपध्यक्ष बामदेव गौतमले संविधान संशोधन गर्न कुनै पनि हालतमा नदिने बताए ।
उनले भने, “संविधान संशोधन गर्ने कुचेष्टा नगरे हुन्छ । हामी कुनैपनि हालतमा मान्दैनौ ।”

जातीय राज्यको नारा लगाएर नेपाललाई रुवाण्डा बनाउन खोजेको आरोप लगाउँदै गौतमले एमालेलाई यस्तो प्रवृत्ति मान्य नहुने बताए ।

मेची–महाकाली अभियानका क्रममा २ नम्बर प्रदेशमा घटेको घटना दुःखद भएको भन्दै उपाध्यक्ष गौतमले विदेशीको इसारामा कैलालीको टीकापुर घटना दोहोर्याउन खोजेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस