एमाले नेता अधिकारीलाई उपचारका लागि बैंकक लगियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले नेता अधिकारीलाई उपचारका लागि बैंकक लगियो


प्रशासन संवाददाता

२ चैत्र २०७३, बुधबार


काठमाडौँ । नेकपा एमालेका नेता भरतमोहन अधिकारीलाई स्वास्थ्य उपचारका लागि थाइल्यान्डको बैंकक लगिएको छ ।
आन्द्रामा समस्या देखिएपछि उपचारका लागि बैंकक लगिएको अधिकारीका स्वकीय सचिव महेश विष्टले जानकारी दिए ।

उनको बैंककस्थित भेजथानी अस्पतालमा उपचार गरिने विष्टले बताए । अधिकारीलाई आन्द्रामा समस्या भएर दिसा र पिसाब रोकिएपछि गत पुस महिनामा बल्खुस्थित बयोधा अस्पतालमा उपचार गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस