Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जनताको शोषण गर्ने लघुवित्तलाई कार्वाही गर्ने गभर्नरको चेतावनी


प्रशासन संवाददाता

२ चैत्र २०७३, बुधबार


काठमाडौँ । ग्रामीण अर्थतन्त्रलाई व्यावसायिकरण गर्दै विद्यमान गरिबी घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको लघुवित्त क्षेत्रलाई अनुशासित भएर वित्तीय सशक्तीकरणमा लाग्नुपर्नेमा जोड दिइएको छ ।

लघुवित्त संस्थाको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनका वक्ताहरुले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने र वित्तीय साक्षरता पुर्याउनुपर्नेमा जोड दिँदै लघुवित्त क्षेत्रले मूल्यमान्यतालाई भूल्न नहुने बताएका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण अर्थतन्त्रलाई सबलीकरण गर्ने र जनतामा वित्तीय चेतना विस्तार गर्न लघुवित्तले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

समाजवादी अर्थतन्त्र निर्माणमा लघुवित्तको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उनले आफ्ना मूल्यमान्यतालाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा योगदान पुर्याउन निर्देशनसमेत दिए । अर्थमन्त्री महराले सङ्घीय संरचना लागू भएसँगै जनताका घरघरमा पुग्नुपर्नेमा जोड दिए ।

लघुवित्त संस्थाले ग्रामीण जनताको शोषण गर्नेतर्फ अगाडि बढेको उल्लेख गर्दै राष्ट्र बैंकले त्यस्ता संस्थालाई कारबाही गर्ने चेतावनी दिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले गरिबी घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने लघुवित्त संस्थाले ग्रामीण जनताको शोषण गर्नेतर्फ अगाडि बढेको उल्लेख गर्दै राष्ट्र बैंकले त्यस्ता संस्थालाई कारबाही गर्ने चेतावनी दिए ।

लघुवित्त संस्थाहरु नाफामुखी हुँदै गएको र ग्रामीण क्षेत्रमा नगई वाणिज्य बैंकजस्तै सहरमा बढी केन्द्रित भएकोप्रति असन्तुष्टी व्यक्त गर्दै उनले आगामी वर्षभित्रमा वित्तीय कारोबार गर्दै आएका गैरसरकारी संस्थालाई लघुवित्तमा स्तरोन्नति गर्ने राष्ट्र बैंकले निर्णय गरेको जानकारी दिए ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष अनिल शाहले सङ्घीय संरचनामा मुलुक परिवर्तन हुँदै गर्दा लघुवित्त संस्थाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै ग्रामीण क्षेत्रमा गएर वित्तीय साक्षरता उपलब्ध गराउने अवसर प्राप्त हुने बताए ।

नेपाल लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष रामचन्द्र जोशीले उद्यमशीलता हुनुपर्छ भन्ने उद्देश्यमा आधारित परामर्शदाता नभएकाले लघुवित्त क्षेत्रको प्रभावकारिता सोचेअनुसार विस्तार गर्न नसकिएको बताए । सम्मेलनमा लघुवित्तसम्बन्धी विविध अनुभव र आगामी योजना एवम् यस क्षेत्रमा देखिएका चुनौतीका बारेमा फरक फरक कार्यपत्रमा छलफल हुने र लघुवित्तसम्बन्धी घोषणापत्र जारी गरी समापन हुने जनाइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस