Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘नेपालको विकास प्रक्रियासँग सञ्चारलाई जोडेर लैजानेबारे सम्मेलन उपलब्धिमूलक’


१ चैत्र २०७३, मंगलबार


काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की स्पेनको बार्सिलोनामा भएको ‘जिएसएमए मोबाइल वल्र्ड कँग्रेस’ मा भाग लिई सोमबार स्वदेश फर्किएका छन् ।

यही फागुन १६ देखि १८ गतेसम्म भएको सम्मेलनमा भाग लिई स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले बार्सिलोनामा भएको मन्त्रिस्तरीय सो सम्मेलनमा विश्वका नयाँ प्रविधि र सञ्चारका बारेमा जानकारी हासिल हुनाका साथै द्विपक्षीय र बहुपक्षीय हितका बारेमा उपलब्धिमूलक छलफल भएको बताए ।

सम्मेलनमा विश्वका प्रख्यात सूचना प्रविधिसम्बन्धी कम्पनीका प्रतिनिधिसँग नेपालको सूचना तथा सञ्चार प्रविधिका बारेमा छलफल हुनाका साथै नेपालमा लगानी गर्ने सम्बन्धमा पनि वार्ता भएको थियो । “समग्रमा नेपालको विकास प्रक्रियासँग सूचना र सञ्चार प्रविधिलाई जोडेर लैजानेबारेमा सम्मेलन उपलब्धिमूलक रह्यो”, मन्त्री कार्कीले भने ।

सम्मेलन सकिएपछि मन्त्री कार्की क्युबा सरकार र त्यहाँको कम्युनिस्ट पार्टीको निमन्त्रणामा क्युबा प्रस्थान गरेका थिए । क्युवाको हवानामा त्यहाँका सञ्चारमन्त्री, विदेशमन्त्री, पार्टीका पदाधिकारीलगायतसँग आफ्नो उच्चस्तरीय भेटघाट भएको जानकारी उनले दिए ।

मन्त्री कार्कीले क्युबामा शिक्षा र स्वास्थ्यका क्षेत्रमा भएको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै नेपाली विद्यार्थीलाई समेत अध्ययनका लागि पठाउन सकिनेबारेमा वार्तालाप भएको बताए ।

सञ्चारमन्त्रीले संयुक्त राज्य अमेरिकामा इन्टरनेसनल टेलिकम्युनिकेसन स्याटलाइट अर्गनाइजेसनका निर्देशकसँग नेपालको सूचना प्रविधिको विकास सम्बन्धमा कुराकानी गरे । सो वार्तालापमा उक्त संस्थाले नेपालका प्राविधिकलाई स्याटलाइट सम्बन्धमा निःशुल्क तालिम दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।

मन्त्री कार्कीका साथमा सञ्चार सचिव महेन्द्रबहादुर गुरुङलगायत नेपाल टेलिकमका प्राविधिकको समेत सहभागिता थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस