मुख्य दलको प्रपञ्चकै कारण एनसेलबाट ३३ अर्बको राजश्व नोक्सानीः भट्टराई « प्रशासन
prasaLogo
१७ श्रावण २०७८, आइतबार
   

मुख्य दलको प्रपञ्चकै कारण एनसेलबाट ३३ अर्बको राजश्व नोक्सानीः भट्टराई


प्रशासन संवाददाता

२९ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले एनसेललाई लाभकर असुल गर्नबाट उन्मुक्ति दिएर ३३ अर्ब राजस्व नोक्सानी गराउन सत्तारुढ मुख्य दलले प्रपञ्च गरेको आरोप लगाएको छ ।

पार्टी संयोजक बाबुराम भट्टराईले आइतवार विज्ञप्ति जारी गरी एउटा कर अधिकृतले गर्नुपर्ने निर्णय अधिकार खोसेर मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर निर्णय गराउनु कर छलीमै सघाउ पुग्नु भएको बताएका छन् । उनले एउटा गरिब किसानले आफ्नो मेहनत र पसिनाबाट जोडेको कुनै घर खेतसमेत बिक्री गर्दा पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्थाको बर्खिलाप भएको उक्त निर्णयप्रति विमति जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस