दुर्घटनामा ११ घाइते « प्रशासन
Logo ४ कार्तिक २०७८, बिहिबार
   

दुर्घटनामा ११ घाइते


२७ फाल्गुन २०७३, शुक्रबार


चितवन । दारेचोक गाविस–३ कुरिनटारस्थित पृथ्वीराजमार्गमा शुक्रवार बिहान ट्रक र बस ठोक्किँदा ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको लु १ ख ८११८ नम्बरको ट्रक र मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ६ ख २४७८ नम्बरको बस एकआपसमा ठोक्किँदा बसमा सवार ११ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेकोे छ । घाइतेलाई उपचारका लागि काठमाडौँ र भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस