२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वपदाधिकारीको सुविधा र निर्वाचन क्षेत्रसम्बन्धी विधेयक प्रस्तुत

अ+ अ-

काठमाडौँ । व्यवस्थापिका–संसद्को शुक्रवारको बैठकमा ‘पूर्व पदाधिकारीको सुविधासम्बन्धी विधेयक, २०७३’ र ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३’ प्रस्तुत भएको छ ।

उपप्रधानमन्त्री विमलेन्द्र निधिले पहिलो विधेयक प्रस्तुत गर्दै राजनीतिक इतिहास बोेकेका र लोकतान्त्रिक आन्दोलनबाट आएका पूर्वपदाधिकारीलाई मर्यादा र सम्मान दिन हालसम्म कार्यकारी निर्णयका आधारमा सुविधा दिइँदै आएकामा अब कानुन बनाएर सुविधा दिन विधेयक ल्याइएको बताए ।

विधेयकमा उच्च तहमा रहेका पूर्वपदाधिकारी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायतलाई आवास, सचिवालय सहयोगी, मासिक र अतिथि खर्च व्यवस्थापनका विषय समावेश छन् । बिनाकानुन जथाभाबी रुपमा पूर्वपदाधिकारीलाई सुविधा दिइएको गुनासो बढेपछि संसदीय समितिकै निर्देशमा सो विधेयक बनेको हो । विधेयकले ‘राज्यको खर्च बढाउने तर गरिब जनता भोकै मर्ने’ अवस्था भएको जनाउँदै विधेयक प्रस्तुत नगर्न प्रेम सुवालले गर्नुभएको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकार गरेको थियो ।
बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३’ प्रस्तुत गर्दै संविधानमा उल्लिखित मान्यता र आधारमा रहेर निर्वाचन क्षेत्र निर्धारण कार्य थप व्यवस्थित गर्न विधेयक ल्याइएको बताए ।

विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सुवालसहितका सांसदले सांस्कृतिक क्षेत्रलाई छिन्नभिन्न पार्ने गरी विधेयक ल्याइएको जनाउँदै फिर्ता गर्न आग्रह गरे पनि बैठकले सो प्रस्ताव अस्वीकार ग¥यो । बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र सुनाएकी थिन् । रासस

प्रतिक्रिया दिनुहोस