Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

फिलिपिन्सविरुद्व खेल्ने फुटबल खेलाडीको छनोट


प्रशासन संवाददाता

२७ फाल्गुन २०७३, शुक्रबार


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्वको खेलका लागि शुक्रवार २७ खेलाडी छनोट गरेको छ ।

राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले पहिलो चरणमा रहेका ३६ खेलाडीमध्येबाट उनीहरु छनोट गरेको एन्फाद्वारा जारी विज्ञप्तिमा जनाएको छ । त्यस्तै चोटका कारण राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ टोलीमा परेनन् । गत वर्ष बङ्गलादेशमा भएको बङ्गबन्धु कप र भारतमा भएको बाह्रौँ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गरेका श्रेष्ठको अहिले खुट्टामा चोट लागेको छ । त्यतिबेला नेपालले दुवै खेलमा स्वर्ण पदक हात पारेको थियो ।

छनोट हुनेमा विकेश कुथु, किरण लिम्बू, विशाल श्रेष्ठ, एलन न्यौपाने, रवीन श्रेष्ठ, विराज मर्हजन, अनन्त तामाङ, अद्वितीय चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, जितेन्द्र कार्की, विमल बस्नेत तथा मानबाहदुर तामाङ छन् । त्यसैगरी विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सुमन लामा, राजेन्द्र रावल, विमल घर्ती मगर, रञ्जन विष्ट, भरत खवास र करण लिम्बू छनोटमा परेका छन् । एसियन कप छनोटको आफ्नो पहिलो लेगमा नेपालले फिलिपिन्ससँग आगामी चैत १५ मनिलाको रिजाल मेमोरियल स्टेडियममा खेल्नेछ । रासस

प्रतिक्रिया दिनुहोस