४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करको दायरामा ल्याउन महानगरको छुट्टै अभियान

अ+ अ-

काठमाडौँ । आफ्नो क्षेत्रभित्रका करदातालाई करको दायरामा ल्याउन स्नातकोत्तर तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीको क्षमता उपयोग गर्ने गरी काठमाडौँ महानगरपालिकाले काम सुरु गर्ने भएको छ ।

राजस्व अनुसन्धान तथा करका दायरामा नभएका करदाताको तथ्याङ्क सङ्कलनबाट काम सुरु गर्न विद्यार्थीको उपलब्धताका विषयमा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले यसमा छलफल अघि बढाइसकेका छन् ।

पौडेलका अनुसार विद्यार्थीलाई औपचारिक शिक्षासँगै व्यावहारिक एवम् प्रयोगात्मक प्रमाणपत्र पनि प्रदान गर्न सकिने यस परियोजनामा एक वर्षमा कम्तीमा एक हजार विद्यार्थी सामेल गराइनेछ । यसभित्र जुनसुकै क्षेत्रका पनि करदाता पर्न सक्दछन् ।

विद्यार्थीलाई औपचारिक शिक्षासँगै व्यावहारिक एवम् प्रयोगात्मक प्रमाणपत्र पनि प्रदान गर्न सकिने यस परियोजनामा एक वर्षमा कम्तीमा एक हजार विद्यार्थी सामेल गराइनेछ ।

अहिलेसम्म शङ्करदेव क्याम्पसका प्रमुख, नेपाल कमर्स क्याम्पसका प्रमुख र पद्मकन्या क्याम्पसका प्रमुखसँग यस विषयमा छलफल भइसकेको कामपाले जानकारी दिएको छ ।

कामपाले अघि सारेको कार्यक्रम महत्वपूर्ण र महत्वाकांक्षी छ । सुरु गर्न सजिलो छैन तर सुरु भएपछि परिणाममूलक हुनेछ । यो विषय क्याम्पसको प्रतिष्ठाको विषय पनि रहेको क्याम्पस प्रमुखको भनाइ छ ।

महानगर क्षेत्रभित्र भएका स्नातकोत्तर तहमा व्यवस्थापन विषय अध्यापन हुने सरकारी क्याम्पसमा शङ्करदेव क्याम्पस, नेपाल कमर्स क्याम्पस, पशुपति क्याम्पस, पद्मकन्या क्याम्पस, पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख तथा विभागीय प्रमुखको बैठकले संयुक्त कार्यविधि तयार गरेर अभियान अघि बढाइने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस