Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘शाकुन्तल’ अब नाटकमा


प्रशासन संवाददाता

२४ फाल्गुन २०७३, मंगलबार


काठमाडौँ । महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘शाकुन्तल’ महाकाव्यलाई नाटकका रुपमा मञ्चन गरिएको छ ।

आरोह गुरुकुलका निर्देशक सुनिल पोखरेलको मार्ग दर्शनमा विद्या शङ्कर विद्यालयका विद्यार्थीले उक्त महाकाव्यलाई नाटकका रुपमा प्रस्तुत गरेका हुन् । विद्या शङ्कर विद्यालयले आयोजना गरेको कार्यक्रममा उनीहरुले एक घन्टा ३५ मिनेटसम्म उक्त नाटक प्रस्तुत गरेका हुन् ।

सो अबसरमा कलाकार राजेश हमालले बालबालिकाले नै यसरी नाटक मञ्चन गर्नु अत्यन्तै राम्रो कुरा भएको उल्लेख गर्दै बाल्यकालमा आफूले यस्ता किसिमको अनुभूति गर्न नपाएको बताए ।

विद्यालयका प्रधानाध्यापक सुधीर झाले यस विद्यालयका विद्यार्थीले देवकोटाको महाकाव्यमा नाटक मञ्चन गर्दा आफू अत्यन्तै खुसी भएको भन्दै आगामी दिनमा पनि विद्यार्थीले यस्तो काम गर्न जाँगर गरे आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया दिनुहोस