स्थानीय तहको संख्या ७४४ बनाउने सरकारको निर्णय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्थानीय तहको संख्या ७४४ बनाउने सरकारको निर्णय


प्रशासन संवाददाता

२२ फाल्गुन २०७३, आइतबार


काठमाडौं । सरकारले स्थानीय तहको संख्या ७४४ बनाउने निर्णय गरेको छ । आइतवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या निश्चित गरेको हो ।
बैठकले विशेष गरी मधेशको दुई नम्वर प्रदेशमा स्थानीय तहको संख्या थप गरेको हो । बैठकले नुवाकोटमा जिल्ला प्राविधिक समितिले सिफारिस गरेकै स्थानीय तहलाई मान्यता दिएको छ भने खोटाङमा आयोगले गरेको सिफारिसलाई नै मान्यता दिएको छ ।

त्यसैगरी मनाङमा एक स्थानीय तह थप गर्ने र बझाङ्को काँडा गाबिसलाई छुट्टै स्थानीय तह बनाउने निर्णय गरेको छ ।
राजनीतिक समझदारीका आधारमा स्थानीय तहको संख्या र संरचनाबारे आवश्यक निर्णय लिन सकिने पनि बैठकले निर्णय गरेको छ । बैठकले निर्वाचनको तयारी गम्भीर रुपमा अगाडि बढिरहेको सन्दर्भमा सरकारी कर्मचारीलाई बन्द, हड्ताल र सरकारी काममा कुनै पनि अवरोध नगर्न निर्देशन दिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस