केही तत्वले नेपाली समाजलाई एकताबद्ध हुन नदिने प्रयास गरिरहेको ओलीको भनाइ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

केही तत्वले नेपाली समाजलाई एकताबद्ध हुन नदिने प्रयास गरिरहेको ओलीको भनाइ


प्रशासन संवाददाता

२२ फाल्गुन २०७३, आइतबार


मोरङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजलाई एकताबद्ध हुन नदिने प्रयास भइरहेको बताएका छन् ।

उर्लाबारी परोपकार सेवा केन्द्रको आइतवार विहान उद्घाटन गर्दै अध्यक्ष ओलीले केही तत्वले अहिले नेपाली समाजलाई एकता र विकासको गतिमा अघि बढ्न नदिने प्रयास गरेको आरोप लगाए ।
अध्यक्ष ओलीले देशभित्रको खनिज पदार्थ छिमेकी रिसाउने डरले यसको उत्खनन हुन नसकेको बताउँदै अब यसको उत्खनन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

समाजसेवा देशका लागि गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले विद्यालय, अस्पताल, वृद्धाश्रम निर्माणमा अब स्थानीयवासी नै अग्रसर हुनुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस