२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाद्यगुरु श्रीगोपाललाई मध्यपुरमा नागरिक अभिनन्दन

अ+ अ-

भक्तपुर । लोपोन्मुख अवस्थामा पुगेको परम्परागत वाद्य एवम् सांस्कृतिक नृत्यका गुरु मध्यपुरथिमि नगरपालिका–७ पाँचो निवासी परम्परागत नृत्य तथा वाद्यगुरु जीवित सांस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिलाई शनिवार मध्यपुर थिमिको बालकुमारीमा भव्य रुपमा नागरिक अभिनन्दन गरिएको छ ।

ओस्ला नेपालको संयोजनमा मध्यपुर थिमिका १०१ सामाजिक सङ्घसंस्थाको सहयोग एवम् सहभागितामा उहाँको ८७औँ जन्मोत्सवको अवसर पारेर शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीको हातबाट उनलाई भव्य नागरिक अभिनन्दन गरिएको हो ।

सुन र चाँदीबाट निर्माण भएको एकलाख पाँच हजारमा निर्माण गरिएको अभिनन्दन पत्र प्रदान गरी दोसल्ला ओढाएर उनलाई नागरिक अभिनन्दन गरिएको हो ।

कार्यक्रममा श्रीगोपाल प्रजापतिको तस्बिर अङ्कित चाँदीको सिक्का सार्वजनिक गरिएको छ भने श्रीगोपाल प्रजापतिको आत्मवृत्तान्त समेटिएको ‘अनवरत सांस्कृतिक पाइला’ नामक पुस्तक र ‘नागरिक अभिनन्दन स्मारिका’ सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा संस्कृतविद् जोशीले इतिहासका परम्परागत सांस्कृतिक वाद्य तथा नाच गुरु एवम् संरक्षणकर्ता प्रजापतिबाट नयाँ पुस्ताले धेरै सिक्नुपर्नेमा जोड दिए ।

यसअघि थिमिको बाहाखाबजारदेखि बाजागाजासहित वाद्य गुरु प्रजापतिले सिकाएको बाजा, सांस्कृतिक नृत्य, झाँकीहरु प्रदर्शन गर्दै बृहत् सांस्कृतिक र्याली गर्दै चपाचो, दुईपोखरी, बालकुमारीलगायतका नगरका विभिन्न स्थानको परिक्रमा गर्दै बालकुमारीमा आएर नागरिक अभिनन्दन गरिएको थियो ।

छ वर्षको उमेरमा इन्द्र अप्सरा नृत्य गरेर सांस्कृतिक क्षेत्रमा प्रवेश गरेका उनले सिङ्गो जीवन ऐतिहासिक एवम् लोपोन्मुख अवस्थामा रहेका सांस्कृतिक वाद्य र नाच सिकाउने, पछिल्ला पुस्तालाई हस्तान्तरण गर्ने, संरक्षण गर्दै सिङ्गो जीवन यसैमा समर्पित गरेकाले उनलाई नागरिक अभिनन्दन गरिएको ओस्ला नेपालका अध्यक्ष मदनसुन्दर श्रेष्ठले बताए ।

प्रजापति मध्यपुर थिमि र भक्तपुरमा सञ्चालित सांस्कृतिक नाचहरु भैरव नाच, महाकाली नाच, अष्टमातृका नाच, भष्मासुर नाच, लाखे नाच, ज्यापू ज्यापूनी नाच, नागाचा, भतिमचा आदिका नृत्यगुरु एवम् वाद्यगुरु भएको पनि उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस