१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वयम्भूको भगवानपाउमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान

अ+ अ-

काठमाडौँ। स्वयम्भू भगवान्पाउ नजिकै प्रहरी र अपहरणकारीबीच शनिवार गोली हानाहान भएको छ ।

सो क्रममा प्रहरीको गोली लागि अपहरणकारी घाइते भएको र तीनजनालाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।

सो समूहले गत बिहीबार नुवाकोट घर भई काठमाडौँ बस्दै आएका तीनजनालाई अपहरण गरी परिवारसँग छ लाख ५० हजार फिरौती रकम माग गरेको थियो ।

अमात्यले भने– “गत फागुन १९ गते मनदोर्जे तामाङ, विशाल तामाङ र नाङ्लुङ तामाङलाई अपहरण गरी २० गते उनीहरुको परिवारलाई फोन गरी छ लाख ५० हजार फिरौती मागेका थिए ।”

सो कुराको सूचना पाएपछि महाशाखाको प्रहरी टोलीले आज अपहरणकारीलाई नियन्त्रणमा लिने प्रयास गर्दा अपहरणकारी समूहले गोली प्रहार गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले प्रहार गरेको गोली घुँडामुनि लागि नुवाकोटका जीवन लामा भन्ने दुर्गाबहादुर तामाङ घाइते भएका छन् । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको महाशाखाका प्रमुख अमात्यले जानकारी दिए ।

अपहरणकारी समूहका सचिन खवास र वीरबहादुर तामाङलाई समेत प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ ।

अपहरणकारी छ जनाभन्दा बढी रहेकामा अन्य अपहरणकारी भने सो क्रममा भागेकाले उनीहरुको खोजी कार्य जारी रहेको वरिष्ठ उपरीक्षक अमात्यले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस