अफगानिस्तानमा सांसदमाथि गोली प्रहार « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

अफगानिस्तानमा सांसदमाथि गोली प्रहार


प्रशासन संवाददाता

२१ फाल्गुन २०७३, शनिबार


कान्दहर(एजेन्सी) । अफगानिस्तानको तल्लो सदनका एक सदस्यमाथि दक्षिणी प्रान्त कान्दहरमा शनिबार गोली प्रहार भएको छ ।

हेल्मन्ड प्रान्तका सांसद मलिम मिर वालीमाथी शनिबार बिहान आक्रमण भएको सरकारी उच्चअधिकारीले जानकारी दिएका छन् ।

आक्रमणबाट उनी गम्भिर घाइते भएका छन् । उनको अघिल्लो भागमा गोली लागेको छ । कान्दहर क्षेत्रीय अस्पतालमा उनको उपचार गराइएको उनीहरुको भनाइ छ ।

घटनाका बारेमा अनुसन्धान गर्न प्रान्तीय प्रहरीले टोली खटाइसकेको जनाएको छ । चाँडै नै दोषीलाई पक्राउ गरी घटनाविवरण सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।

आक्रमणको अहिलेसम्म कुनैपनि समुहले जिम्मेबारी लिएको छैन । गत वर्ष मात्रै अफगानिस्तान भरी भएका यस्ता आक्रमणमा परी ६५० भन्दा बढीको मृत्यु भएको र अरु ५६० भन्दा बढी घाइते भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस