Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गजल


प्रशासन विशेष ब्युरो

२१ फाल्गुन २०७३, शनिबार


गजल

जीवनकथामा अवरोह र उत्कर्ष हुनेगर्छ
आफ्नै  मनभित्र  पनि,  संघर्ष  हुनेगर्छ ।

चित्तमा  तामस  पोतिनेकै  अझ बढी
जिब्रोमा झुण्डिएको आदर्श हुनेगर्छ ।

जसका लागि  गरिन्छ  उत्थानको  कुरा
उसैको खुट्टा तान्ने गोप्य बिमर्श हुनेगर्छ ।

विश्वास छ भन्छ जो सहयात्रीसंग आफ्नो
चोरिने डरले सुट्ट थैलीको स्पर्श हुने गर्छ ।

बिरलै घर फर्किने ग्वालटारेहरूलाई सोध्दा
ग्वालटार–स्वर्ग भन्ने जवाफ सहर्ष हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस