Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दल दर्तामा नेकपा एमाले र फोरम सँगसँगै


प्रशासन संवाददाता

१६ फाल्गुन २०७३, सोमबार


काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने सन्दर्भमा सोमवार सँगसँगैजसो निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।

संविधान संशोधन प्रस्तावप्रति फरक मत जाहेर गर्दै आएको एमाले र संविधान संशोधन नभई निर्वाचनलाई मान्दैनौं भन्दै आएको फोरमका नेताको आयोगको दल दर्ता कोठामा भएको जम्काभेटलाई एउटा सुखद् संयोगकै रुपमा लिइएको छ । आयोगको सूचनाअनुरुप फोरमका प्रमुख सचेतक डा शिवजी यादवले स्थानीय तहको दल दर्ताका लागि निवेदन दर्ता गराइरहेकै समयमा एमालेका नेता कृष्णगोपालको नेतृत्वको टोली पनि आयोग पुगेको थियो । दुवै नेताहरुले त्यहाँ एकार्कालाई अभिवादन गर्दै हार्दिकताका साथ तस्बिर खिंचाउन भ्याए ।

निर्वाचनमा भाग लिन चाहने दललाई तीन दिनभित्र दर्ता गर्न आउने निर्वाचन आयोगको सूचनानुसार दलका आधिकारिक व्यक्ति, झन्डासहितको विवरण लिएर दर्ताका लागि आफू आयोगमा आएको फोरमका प्रमुख सचेतक डा यादवले जानकारी दिए । उनले भने, “पार्टीको सबै जिल्लामा सङ्गठन विस्तार गर्ने र अधिवेशन गर्ने काम भइरहेको छ, अध्यक्ष लगायतका नेता सङ्गठनको काममा तराईमा व्यस्त हुनुहुन्छ ।”

एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले भने, “१९ वर्षपछि आगामी वर्षको वैशाख ३१ गते प्रजातन्त्रको आधारशिलाका रुपमा रहेको स्थानीय तहको निर्वाचन हुँदैछ, यसले सिङ्गो देशमा उत्साह र उत्सव छाएको छ ।”

स्थानीय तहको निर्वाचनमा भाग लिन दल दर्ताका लागि फोरमले एमालेभन्दा पनि पहिले आएर दल दर्ता गराएकामा आफूलाई खुसी लागेको बताउँदै उनले स्थानीय तहको चुनावमा पनि हामी यसरी नै मिलेर चुनावमा जानेछौँ, मधेसका जनता निर्वाचनका लागि आतुर छन् भन्ने आफूले बुझेको बताए । “निर्वाचनका लागि राजनीतिक दल र जनता तयार छन्, निर्वाचनमा गएर सबै राजनीतिक दललाई आआफ्नो एजेन्डालाई अनुमोदन गराउने एउटा ठूलो अवसर आएको छ”, पार्टी केन्द्रीय कार्यालय सचिव श्रेष्ठले भने ।

आयोगमा दल दर्ताका लागि आज सात राजनीतिक दलले निवेदन दिइसकेका छन् । अन्य १६ दलले दर्ताका लागि फाराम लगिसकेको आयोगले जनाएको छ । विगतको निर्वाचनमा ‘परेवा’ चिह्न पाएको राष्ट्रवादी एकता पार्टीका अध्यक्ष उमा श्रेष्ठले दल दर्ता गर्ने सन्दर्भमा बुझ्न आफू आयोगमा आएको जनाउँदै सबै कागजातसहित मङ्गलबार निवेदन दिइने बताइन् ।

आयोगको परिसरमा भेटिनुभएका राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष शिवलाल थापाले निर्वाचनको मिति घोषणा भएपछि जनता र राजनीतिक दलमा उत्साह छाएको प्रतिक्रिया दिए ।
प्रमुख राजनीतिक दलले संविधानका केही अन्तर्वस्तुप्रति असहमति जनाउँदै फरक मत राख्दै आएका राजनीतिक दलको आवाजलाई सम्बोधन गरेर निर्वाचनमा भाग लिने वातावरण बनाउनुपर्ने सुझाव पनि उनले दिए । आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आगामी बुधबारसम्मको समयसीमा तोकेको छ । आयोगले स्थानीय तहको निर्वाचनका सन्दर्भमा दलसँग अन्तक्र्रिया र परामर्श पनि गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस