Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गायक भुसाललाई अलि मियाँ पुरस्कार


प्रशासन संवाददाता

१५ फाल्गुन २०७३, आइतबार


पर्वत । लोक गायक युवराज भुसाल यस वर्षको अलि मियाँ पुरस्कारबाट सम्मानित भएका छन् ।

लोककवि अलि मियाँको ९९औँ जन्मजयन्तीको अवसरमा आइतवार भुसाललाई २० हजारसहित सम्मानित गरिएको हो । जिल्लाको वहाकिठाँटी गाविस– ६ लिम्सिङमा जन्मेका मियाँले नेपाली लोकसंस्कृतिको संरक्षण र संवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएका थिए । उनको योगदानको कदर गर्दै अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले सो पुरस्कारको स्थापना गरेको हो ।

लोकसंस्कृतिका अनुसन्धानकर्ता तुलसी प्रवास संयोजक तथा कृष्णप्रसाद बास्तोला र प्रजापति पराजुली सदस्य रहेको समितिले भुसाललाई उक्त पुरस्कारका लागि सिफारिस गरेको थियो । ग्रामीण भेगका पुराना भाका तथा शब्दलाई टिपेर गीत सिर्जना गरेका भुसाललाई पुरस्कृत गरिएको संयोजक प्रवासले जानकारी दिए ।

उक्त अवसरमा तीन दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशील मानकुमारी गिरी र शालिकराम गिरीलाई समेत सम्मानित गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस