क्यान्सर अस्पतालमा नयाँ चिनियाँ विशेषज्ञ टोली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

क्यान्सर अस्पतालमा नयाँ चिनियाँ विशेषज्ञ टोली


प्रशासन संवाददाता

१५ फाल्गुन २०७३, आइतबार


चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नयाँ चिनियाँ विशेषज्ञ टोली आइपुगेको छ ।

हाल रहेको टोली मार्च १ तारिखमा फिर्ता हुने तयारीसँगै नयाँ टोली यहाँ आएको हो । चीन सरकारले एसियाकै नमुना अस्पतालका रूपमा निर्माण गरिदिएको अस्पतालमा चीन सरकारले नै उच्चस्तरको विशेषज्ञ टोली सुरुवातदेखि नै पठाउँदै आएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनका अनुसार अन्तरङ्ग सेवा सुरु गरेकै वर्षबाट चीन सरकारले विशेषज्ञसहितको टोली पठाउन सुरु गरेको हो ।

आउँदो मार्च १ तारिखबाट चिनियाँ टिम लिडर लि डोङ विनसहितको टोली चीन फर्कंदै छ भने प्लास्टिक सर्जन डा युअन हावजुन नेतृत्वको टोली नेपाल आइसकेको छ ।

गत वर्षसम्म टोली दुई/दुई वर्षमा परिवर्तन हुने गरेको भए पनि अहिलेबाट भने एक/एक वर्षमा परिवर्तन हुने गरेको छ । आउँदो मार्च १ तारिखबाट चिनियाँ टिम लिडर लि डोङ विनसहितको टोली चीन फर्कंदै छ भने प्लास्टिक सर्जन डा युअन हावजुन नेतृत्वको टोली नेपाल आइसकेको छ ।

करिब एक हप्ताको समयमा पुरानो टोलीले नयाँ टोलीलाई अस्पतालका कामको प्रकृति र चिनजान गराउने कार्यकारी निर्देशक पुनले बताए । टोलीमा एकजना दोभासे, एकजना सहायकस्तरको कर्मचारी हुन्छन् भने १५ जना क्यान्सर रोगसम्बन्धी विज्ञ चिकित्सक रहने कार्यकारी निर्देशक पुनले बताए । टाउको, छाती, फोक्सो, कलेजोजस्ता महत्वपूर्ण अङ्गका क्यान्सर रोगसम्बन्धी विशेषज्ञ रहने गर्दछन् ।

अस्पतालका अध्यक्ष डा प्रकाश न्यौपानेले चीन सरकारले अस्पताल निर्माणसँगै नियमित चिनियाँ विशेषज्ञ टोली खटाउनुका साथै औषधि, उपकरण, अस्पतालमा नै र चीन लगेर चिकित्सक एवम् प्राविधिकलाई तालिम दिने गरेको बताए । गत वर्षमात्रै चीन सरकारले सिटिस्क्यानसहितका करोडौँका उपकरण क्यान्सर अस्पताललाई प्रदान गरेको थियो । अध्यक्ष न्यौपानेले चीन सरकारको नियमित सहयोगका कारण अस्पताल सञ्चालनमा सहयोग पुगेको बताए ।

सन् १९९८ मा चीन सरकारले निर्माण गरेको भवन हस्तान्तरणपछि सन् १९९९ बाट अस्पतालमा अन्तरङ्ग सेवा सुरु भएको हो । सन् १९९५ बाट नै डे केयर सेवा सुरु गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस