मधेसी मोर्चाले सरकारलाई भन्यो–पहिले संविधान संशोधन « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

मधेसी मोर्चाले सरकारलाई भन्यो–पहिले संविधान संशोधन


प्रशासन संवाददाता

१३ फाल्गुन २०७३, शुक्रबार


काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ ।

सङ्घीय समाजवादी फोरम नेपालको कार्यालयमा शुक्रवार बसेको मोर्चाको बैठकले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएर मात्रै अरु प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो ।

आफूहरुको सहमतिबिना सरकारले निर्वाचनको मिति घोषणा गरेको जनाउँदै मोर्चाले दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको मोर्चाका नेता केशव झाले जानकारी दिए ।

मोर्चाले थप कार्यक्रम कसरी अगाडि बढाउने भन्ने विषयमा फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । मोर्चाले अन्य पक्षसँग पनि छलफल गर्ने र साझा धारणा बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस