नृत्यमा जम्दै हेमानी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नृत्यमा जम्दै हेमानी


प्रशासन संवाददाता

९ फाल्गुन २०७३, सोमबार


काठमाडौं । हुने बिरुवाको चिल्लो पात भनेझैं सानैदेखि दौड र नृत्यमा रुची राख्ने हेमानी ढुंगाल  अहिले मोडलिङ क्षेत्रमा सफलता हासिल गर्दै गइरहेकी छन् । सानैदेखि विद्यालयका कार्यक्रमहरुमा भाग लिइराख्ने ढुंगालले एसएलसी दिने वितिक्कै भारतको मुम्बइमा एउटा कार्यक्रममा जाने अवसर पाइन् र उनलाई त्यसपछि सांगीतिक क्षेमा लागिराख्ने प्रेरणा प्राप्त भयो । पाँच बर्षदेखि राजधानीमै बसेर सांगीतिक क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी ढुंगाललाई अहिले धेरै म्युजिक मिडियोमा अभिनयका लागि अफर आउने गरेका छन् । ढुंगाललाई अहिले विभिन्न मेला महोत्सवमा पनि भ्याइनभ्याइ छ । पछिल्ला दुई महिनामा मात्रै उनले दर्जन बढी मेला महोत्सवमा आफ्नो प्रस्तुती गरिसकेकी छन् भने राम्रो पारिश्रमिक पनि पाएकी छन् ।

ढुंगाललाई अहिले विभिन्न मेला महोत्सवमा पनि भ्याइनभ्याइ छ ।

यसै क्षेत्रमा भविष्य खोज्न संघर्ष गरिरहेकी ढुंगाल  अहिले मान्छेको प्रतिभा भन्दा पनि पहँुचको आधारमा कार्यक्रममा स्थान दिइने परिपाटीको विकास भएकोप्रति चिन्ता व्यक्त गर्छिन् । सुदूर पश्चिममा जन्मे हुर्केकी ढुंगेललाई सुरुवातका दिनमा यो क्षेत्रमा प्रवेश गर्न कम्ति गाह्रो थिएन । पहिला छर छिमेकले आफ्ना आमा बुवालाई सबैले तिम्री छोरी बिग्रिन्छ भन्दा आफ्नो निकै मन दुखेको उनी बताउँछिन् । उनले भनिन्– हिजो कुरा काट्नेहरु नै अहिले मेरो प्रतिभा र प्रगति देखेर तारिफ गर्छन्, निकै खुसी छु । तीन दर्जन भन्दा बढी गीतमा मोडलिङ गरिसकेकी ढुंगाल  आफूलाई पहिलो पटक क्यामेरा फेस गराइदिने भवानी रेग्मी र आफुलाई नृत्य सिकाउने गुरु सुरज शाहको गुन कहिले नभुल्ने बताउँछिन् ।

उनी मोडलिङका साथै गीत पनि गाउँछन् । उनले हृदय नामक एल्वममा दुईवटा गीतमा स्वर दिएकी छन् भने तिम्रै छोरी तरुनी हाम्लाई केको दोष नामक कमेडी चलचित्रको गीतमा पनि स्वर दिएकी छन् । आमाकै प्रेरणाले आफु यो क्षेत्रमा लागेको ढुंगाल  बताउँछिन् । उनी नवप्रवेशी कलाकारलाई सिकेर बुझेर, भविष्यमा यसै क्षेत्रमा केही गर्छु भन्ने किसिमले आए मात्र केही गर्न सकिने भएकाले भावनामा बहकिएर नलाग्न सुझाव दिन्छन् । कर्मले नै सफलता प्राप्त हुन्छ भन्ने मान्यता राख्ने ढुंगालले आफ्नो आगामी लक्ष्य नृत्य र गायनलाई सँगसँगै आगडि बढाउने रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस