प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श « प्रशासन
prasaLogo
१३ श्रावण २०७८, बुधबार
   

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श


९ फाल्गुन २०७३, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको मिति घोषणाका बारेमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार साँझ भएको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति घोषणा, आयोगको तयारी र सरकारको तयारीका बारेमा कुराकानी भएको थियो ।

सो क्रममा प्रधानमन्त्रीले सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिँदै निर्वाचन सम्पन्न गर्ने आवश्यक तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गरेका थिए ।

निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोगका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले वैशाख मसान्तभित्रै निर्वाचन गर्नेगरी सम्पूर्ण तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा आयोगका पदाधिकारीले आयोग सरकारले तोकेकै मितिमा निर्वाचन गराउन सक्षम रहेको जानकारी दिँदै निर्वाचनमा सम्पूर्णरुपले सहयोग गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको तयारीका सम्बन्धमा आयोगले हालसम्म गरेको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । आयोगले पदाधिकारीको पूर्णता पाएपछि प्रधानमन्त्रीसँगको छलफल यो नै पहिलो हो । रासस

प्रतिक्रिया दिनुहोस