पर्यटन समिति राजनीतिक भर्तीकेन्द्र बन्दा पर्यटन विकासमा बाधा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पर्यटन समिति राजनीतिक भर्तीकेन्द्र बन्दा पर्यटन विकासमा बाधा


५ फाल्गुन २०७३, बिहिबार


जुम्ला । राजनीतिक भर्ती केन्द्र बनेकै कारण यहाँको पर्यटन विकास हुन नसकेको कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, जुम्लाका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले बताएका छन् ।

पर्यटन योजना निर्माणसम्बन्धी भएको छलफल कार्यक्रममा कार्यकारी निर्देशक उपाध्यायले राजनीति भर्तीकेन्द्र भएकै कारण यहाँको पर्यटन विकास हुन नसकेको बताएका हुन् । विसं २०६७ सालमा समिति स्थापना भएदेखि करोडौँको बजेट यहाँ आएपनि राजनीतिक आस्थाका आधारमा जनशक्ति भर्ती गरिँदै आएकाले पर्यटन पूर्वाधार विकासमा बाधा पुगेको उनको भनाइ थियो ।

“एक÷दुई लाखका टुक्रे योजनाबाट मठमन्दिर बाटोघाटोमा बजेट खर्च गरी जीविकोपार्जन गर्ने काम भयो, तर ठोस योजना बन्नै सकेनन्,” उनले भने ।

छलफलमा पत्रकारले कर्णालीका पर्यटकीयस्थलको पहिचान नभएको र तिनको अभिलेख पनि समितिले नराखेको औँल्याएका थिए । धुलो उडाएर बजेट सिध्याउन नहुने भन्दै उनीहरुले धार्मिक, कृषि र पर्या–पर्यटनसँग आधारित गुरुयोजना निर्माण गरी अघि बढ्न सुझाए । रासस

प्रतिक्रिया दिनुहोस