पूर्वीय मानसिकतामा प्रेम दिवस « प्रशासन

पूर्वीय मानसिकतामा प्रेम दिवस


प्रकाशित मिति : ३ फाल्गुन २०७३, मंगलवार ०६:५२

प्रेम दिवस एक आपसमा आफ्ना प्रेमीहरुलाई सम्झिने दिन हो । पाश्चात्य मुलुकमा भावनात्मक स्तन्त्रताको निमित्त वलिदानी दिने सन्त सहिदहरुको सम्झनामा मनाइने यो दिनलाई मानवीय चेतनाको स्वतन्त्रताका रुपमा पनि हेर्ने गरेको पाइन्छ । पाश्चात्य समुदायमा उच्च मध्यम वर्गीय युगको मध्यतिर फरक–फरक धर्म भएका अथवा सामाजिक रुपमा सम्पन्न र विपन्न वर्गहरुको चेतना र भावनात्मक स्तरमा देखिने असमानताहरुले बेलाबेलामा विभिन्न युद्धको समेत सामना गर्नु परेका उदाहरणहरु देखिन्छन् । फरक धर्म भएका मानिसहरु छुट्टै संसारका हुन् तिनीहरुसँग हाम्रो कुनै सम्बन्ध रहनु हुँदैन भन्ने गलत मनसाय बोकेका धार्मिक ठेकेदारहरुले एक अर्कालाई हेयको दृष्टिले हेर्ने गरेको पाइन्छ । त्यसैगरी समाजका केही उच्च वर्गीय कहलिएकाहरुले निम्न वर्गका मानिसलाई मानवीय दृष्टिकोणले नहेरी पशुतुल्य व्यवहार गर्ने गरेको र उनीहरुले आफूसँग कुनै किसिमको पनि सम्बन्ध राख्न नहुने तिनीहरुबाट केवल सेवा मात्र चाहने मनसाय बोक्ने गरेको पाइन्थ्यो ।

यसरी एक अर्काप्रतिको भेदभाव र सङ्कीर्ण मानसिकताको शिकारमा परेका भावनात्मक मनहरु जुनसुकै धर्म, सामाजिक ओहदा भएपनि मानव सबै समान हुन । धर्म र सामाजिक ओहदा मान्छेले आफ्नो हैकम जमाउन तथा सुविधाका निमित्त बनाएका हुन् , मान्छेले मान्छेलाई मान्छेकै नजरमा हेर्नुपर्छ, हरेक मानिस एक समान हुन भन्ने स्वतन्त्रता खोज्दा तिनीहरुलाई समाजबाट निकाल्ने, अपमान गर्ने तथा कतिपय अवस्थामा ज्यानै लिने दुष्कार्यहरु तत्कालीन समयमा हुँदै आएका उदाहरणहरु प्रशस्त रुपमा पढ्न पाइन्छ । विशेष गरेर फरक धर्म भएका तथा सामाजिक ओहदा फर भएका केटाकेटीहरुले एकअर्कासँग प्रेम गर्नु हुँदैन यो एक अपराध अथवा पा हो भन्ने अडी कसेका धर्मका ठेकेदारहरुले भावनात्मक रुपमा बाधिएका प्रेमका पूजारीहरुलाई एक हुन दिदैनथे । यसै समयमा क्रिश्चियन समुदायमा खभभिलतष्लभ नाम गरेका दुई जना भावनात्मक पूजारीहरु थिए । भावनात्मक स्वतन्त्रताका लागि वलिदानी दिने तिनै शहिदहरुको नामबाट यस दिनलाई खभभिलतष्लभ मबथ भनिएको हो ९विकीपिडिया० । तिनै सन्त शहिदहरुको सम्झनामा पाश्चात्य मूलुकमा यस दिनलाई प्रणय दिवसको रुपमा मनाउँदै आएको पाइन्छ । पहिले पाश्चात्य मूलुकमा सहिदहरुको सम्झनामा मनाइने यो दिन १४औँ शताब्दीतिर आएर प्रेम दिवसको रुपमा पनि मनाउन थालियो । अहिले आएर पाश्चात्य मूलुकमा यस दिनलाई प्रेमीहरुले एक आपसमा स्तन्त्ररुपले प्रेमको प्रस्ताव राख्न पाउने दिनका रुपमा मनाउने गरिन्छ । एक केटाले केटीलाई मात्र नभएर जुनसुकै लिङ्गको भए पनि एक मनले अर्को मनलाई प्रेम प्रदर्शन गर्ने दिनका रुपमा यो दिनलाई मनाइन्छ । यो दिनमा आफ्नो प्रेमीलाई प्रेम पत्र, फूलको निशानी, मिठाई तथा विभिन्न किसिमका उपहारहरु दिएर खुसी पार्ने गरिदै आएको पाइन्छ ।


प्रेम मनमा फुल्ने कुरो हो यसमा गुलाफका फूल तोडेर प्राकृतिक सुन्दरताको विनास गर्ने काम राम्रो होइन ।

प्रेम दिवस पाश्चात्य मूलुकबाट आएको भएपनि यसको प्रभाव पूर्वीय समाजमा पनि नपरी रहन सकेन । हाल आएर प्रेम दिवस संसारका धेरै देशहरुमा मनाउने गरेको पाइन्छ । हाम्रो देश नेपालमा पनि आजको दिनलाई सरकारी तवरबाट मान्यता नदिए पनि स्वतन्त्र रुपमा विशेष महत्वका साथ हेर्ने चलन चलिसकेको पाइन्छ । सामान्यतया हरेक मानिसले यसलाई चासोका रुपमा लिए पनि विशेष गरेर युवा मानसिकतामा यसको निकै प्रभाव परेको पाइन्छ । प्रेम दिवसको मर्म नबुझेका कतिपय सङ्कीर्ण मानसिकता भएका मानिसहरुले यसलाई केवल केटाकेटीका वीचमा हुने प्रेम भनेर बुझ्न थालेपछि यो केवल विपरित लिङ्गी कामवासनाको साधन मात्र बन्न गएको देखिन्छ । कतिपय अवस्थामा यो दिवसको मर्म नबुझी आफूले सोचेको मान्छेसँग प्रेम प्रस्ताब राख्न नसके वा उसले स्वीकार नगरे आत्महत्या जस्ता घटना पनि घटेको यदाकदा सुन्नमा आउने गर्दछन् । गुलाफका फूल दिए मात्र प्रेम हुन्छ भन्ने गलत मनासयले एकातिर खर्च बढाइराखेको छ भने एकातिर प्रकृतिक विनास ।

प्रेम मनमा फुल्ने कुरो हो यसमा गुलाफका फूल तोडेर प्राकृतिक सुन्दरताको विनास गर्ने काम राम्रो होइन । एउटा केटा वा केटीले एकै जनाका लागि मात्र बाँच्नुपर्छ र अरुसँग प्रेम गर्नु हुँदैन भन्ने गलत मानसिकताले प्रेम दिवस केवल अविवाहित केटाकेटीहरुमा मात्र सीमित रहेको पाइन्छ । विवाहितहरुले पनि श्रीमान श्रीमतीसँग प्रेम दिवस मनाउने गरेको पाइन्छ । वास्तवमै भन्ने हो भने प्रेम कुनै जाती, धर्म, लिङ्ग आदिसँग हुने नभएर यो मन मन बीचको आपसी सम्बन्ध हो । आमा बुबा, साथी भाइ, दिदीबहिनी आदि कसैसँग पनि प्रेम हुन सक्छ । प्रेम दिवसमा बरु गुलाफको हत्या गर्नुभन्दा गुलाफ सारेर चिनो राख्न सके माया पनि गुलाफसँगै फुल्ने थियो होला । समग्रमा भननु पर्दा प्रेम दिवसलाई एक प्रेमी प्रेमीका र श्रीमान श्रीमतीमा मात्र सीमित नराखेर हरेक मानिसले एक आपसमा प्रेमको साटासाट गर्नु पर्दछ भन्ने मानसिकता अँगाल्नु आजको आवश्यकता हो । यस्तो विश्वव्यापीकरणको युगमा एक देशले अर्को देशसँग, एक धर्मले अर्को धर्मसँग प्रेम राख्न सके प्रेम दिवसको महत्व अझै झल्किएला जस्तो लाग्छ । यो दिनमा गुलाफ तोडेर होइन गुलाफको बोट सारेर मायाको निशानी राख्ने चलन चलाउन सके मानवीय प्रेमको उत्कृष्ट नमुना झल्किन सक्छ ।

प्रतिक्रिया दिनुहोस