Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थतन्त्रको विकास गरिन्छः अर्थमन्त्री महरा


प्रशासन विशेष ब्युरो

२९ माघ २०७३, शनिबार


 

धनगढी। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ । राजस्व परामर्स समिति, भन्सार कार्यालय र कैलाली उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘आर्थिक वर्ष २०७४/०७५ को बजेट नीति तथा कार्यक्रम’ विषयक अन्तक्र्रियामा उहाँले भन्नुभयो – “राष्ट्रिय उत्पादनमा आधारित अर्थतन्त्रको विकास गर्नु अहिलेको आवश्यकता हो ।”

अर्थमन्त्री महराले “स्वस्थ प्रतिस्पर्धामा आधारित पुँजीवादको विकास नभए समाजवादमा जान सकिदैन,” भन्दै देशको समग्र अर्थनीतिको सवालमा अहिले देश निकै सङ्क्रमणकालीन अवस्थामा रहेको हुँदा मुलुकलाई स्वस्थ्य पुँजीवादी अर्थतन्त्रमा लैजाने कोसिस गरिएको बताउनुभयो ।

कर र भन्सारका क्षेत्रमा सुधार गर्न लागिएको उल्लेख उहाँले भन्नुभयो – “देश सङ्घीय संरचनामा गैसकेको अवस्थामा सङ्घीय वित्तीय व्यवस्था कस्तो हुने भन्नेबारेमा टोली गठन गरेर मन्त्रालयले कामअघि बढाएको छ ।”

अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले विकासका दृष्टिमा अरु क्षेत्र भन्दापछि परेका ७ नंम्बर प्रदेशको समग्र विकासका लागि मन्त्रालयले विशेष ध्यान दिएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल हमालले देशमा सबैभन्दा बढी गरिबी रहेको सुदूरपश्चिमको विकासका लागि सरकारले ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै अनुत्पादक क्षेत्रमा नभई उत्पादक क्षेत्रमा लगानी बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर बोगटीले सुदूरपश्चिमको समग्र विकासका लागि यस क्षेत्रका उद्योग व्यवसायमा दश वर्षसम्म ‘कर फ्रि’ गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।

कार्यक्रमका सहभागी उद्योगी, व्यवसायीले अर्थनीति करदाता मैत्री हुनुपर्ने, स्थानीय करको नाममा कृषिजन्य बस्तुको आयात निर्यातमा लिदैँ आएको दोहोरो कर हटाउनुपर्ने, ठूला करदाताका लागि सहज हुने ठाउँमा छुट्टै कार्यालय स्थापना गर्नुपर्ने र सीमा क्षेत्रमा भन्सार कार्यालय स्थापना गर्नुपर्ने लगायतका सुझाव दिदै सुदूरपश्चिमको समग्र विकासका लागि ठोस नीति ल्याउनुपर्ने माग गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस