सांस्कृतिक सङ्घको अध्यक्षमा थापा « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

सांस्कृतिक सङ्घको अध्यक्षमा थापा


२६ माघ २०७३, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घको अध्यक्षमा तीर्थबहादुर थापा पुनःनिर्वाचन भएका छन् ।

सङ्घको मंगलवार सहमतिमा चयन भएको नयाँँ नेतृत्वमा अध्यक्षमा थापा, वरिष्ठ उपाध्यक्षमा जनार्दन आचार्य चयन भएको निर्देशन समिति सदस्य एवम् पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।

त्यस्तै सङ्घको महामन्त्रीमा दुर्गा रायमाझी, शिवशङ्कर रिजाल र रोशनी केसी चयन भएका छन् । सङ्घको महाधिवशेन प्रतिनिधि विवादका कारण निर्वाचन हुन नसकेपछि पार्टीले गठन गरेको निर्देशक समितिले मंगलवार सहमतिका आधारमा पाँच जना पदाधिकारीको टुङ्गो लगाएको हो ।

कार्यसमितिका बाँकी ८० पदाधिकारी तथा सदस्यको शीघ्र सहमतिका आधारमा चयन गरिने नेता घिमिरेले जनकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस