Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भ्यालेन्टाइन डे र मेरी प्रेमिका


प्रशासन विशेष ब्युरो

२६ माघ २०७३, बुधबार


मुभी हेर्न मन पराउने, आइसक्रिम खान मन पराउने शहरका महंगा रेष्टुरेष्टमा मात्रै खाने रुचि राख्ने मेरी प्रेमिकाले नजीकिँदै गरेको भ्यालेनटाइन डेको सप्ताहब्यापी सेड्यूल दिइसकेकी छन् ।

उनलाइ शहरमा कसैले नलगाएको न्यू ड्रेस चाहिन्छ र अनी कसैले नकिनेको अट्र्याक्टिभ गिफ्ट र रोज पनि चाहिन्छ रे । यति मात्रै होइन उनले यसपटकको भ्यालेण्टाइन नाइटका लागि कुनै पाँचतारे होटेललाई छानेकी छिन । यसपटक भ्यालेन्टाइन खर्च ५० हजार हुने भएको छ । तर, शहरमा बाँच्नका लागि संघर्ष गर्दै आइरहेको म ठिटोलाइ ५० हजारको रकम जुटाउदै गार्हो छ । फेरी बल्लबल्ल बनेकी प्रमिका नै फूत्केलिन भन्ने डर छ । हे भ्यालेण्टाइन तिम्रो सम्झनामा मनाइने यो प्रेम दिवसले मलाइ त सिध्याउने नै भयो, शहरका कुनै एक युवकको भ्यालेन्टाइन कल्पना हो यो ।

उनको नाम राजकुमार  हो । उनको एक प्रेमिका छिन् । नाम उल्लेख गर्दिन । यसअघि एउटा प्रेमिकाले तीन बर्षसम्म लभ गरेर अर्केस‍ँग विवाह गरेर विदेशतिर लागेपछि रन्थनिएकोले भेट्टाएको नयाँ सहारा अहिलेकी प्रेमीका हुन् । त्यैले होला, राजकुमार यिनीमै आफ्नो स‍ंसार देख्छ । नयाँ प्रेमिकासँग भ्यालेनटाइन डे उत्साहका साथ मनाउने तयारीमा छ, राजकुमार ।

शहरमा भ्यालेनटाइनको रौनक छाउँदै गर्दा जीवन नै अस्थायी ठान्ने मदनजस्ता अर्का पात्रलाई भने यो दिनको छुट्टै अनुभव छ । मदनलाई प्रेम भन्ने चिजमा विश्वास नै थिएन रे । तर, केही समय यता उनी आफैसँगै एमबीबीएसको तयारीमा रहेकी दिब्यासँगको न्यानो काखमा चुर्लम्मै डुबेपछि भ्यालेण्टाइने कतिखेर छोयो पत्तै भएन रे । जे होस राजकुमार र मदनजस्तै अधिकांश शहरीया थुप्रै युवा युवतीलाई नजीकिँदै गएको प्रणय दिवसको प्रेममय भावले उद्धेलित बनाएको छ ।

सेक्सपियरले अघि सारेको रोमियो र जुलिएट अनि मुमताज र शाह जाँहले पनि प्रेम गरेका थिए तर त्यो ब्यक्त होइन अब्यक्त थियो । शाह जाँहले आफ्नी प्रेमिकालाई पसलमा सजाइएका महंगा गुलावी फूलहरु उपहार दिएर प्रेमलाइ बलियो बनाएका थिएनन  । नत जा शाह मुमताजलाइ लिएर कतै डेटिङनै गएका थिए । तर, विडम्वना यो हो कि, त्यो बेला यस्तो सुविध थिएन । यो त प्रेम किन्न सक्नेको समय हो । जोसँग धैरे पैसा हुन्छ उसैसँग महंगो प्रेम हुन्छ भन्ने आजको समयको परिभाषा बनिसकेको छ । के हो भ्यालेन्टाइन डे  किन मनाइन्छ  यसबारे केही प्रचलित किम्बदन्तीहरु पेस गरिएको छ । जुन भ्यालेनटाइन डे मनाउन उत्सुकहरुका लागि उपयोगी हुने आशा छ ।

कहिलेबाट मनाउन थालियो भ्यालेनटाइन डे ?

सेन्ट भ्यालेण्टाइनलाई सम्झदैँ १९ औ शताब्दीमा रोमबाट भ्यालेण्टाइन दिवस मनाउन थालिएको हो । रोमन पादरी भ्यालेनटाइनले जेलमा परेका कैदीहरुलाइ इशापूर्व २ सय ७८ मा सामूहिक विवाह गराई दिएपछि तत्कालिन रोम सम्राट क्लोडिअस द्धितीयले क्रुद्ध हुँदै पादरी भ्यालेण्टाइनलाई मृत्युदण्डको सजाय सुनाइएको दिनको सम्झनामा संसारका प्रेमीहरुले यस दिवसलाइ मनाउने गरेका छन् । क्रुर शासक क्लोडिअसले आफ्नो शासनमा अनगिन्ति हिंसाका घटनाहरुमा संलग्न रहेको इतिहासमा उल्लेख छ । यति सम्मकी आफ्ना सैनिकहरुलाई क्लोडिअसले कहिल्यै बिदा नदिने जसका कारण सैनिकहरु आफ्ना प्राणभन्दा प्यारी  प्रेमिका र श्रीमतिसँग भेट गर्न छट्पटाइरहेको अबस्था हुन्थ्यो । भ्यालेन्टाइनको हत्यापछि सम्राट क्लोडिअसको शासनबिरुद्ध सिंङ्गो रोम साम्राज्यमा विरोध भयो र यसको परिणामस्वरुप रक्लोडिअसको शासनको अन्त्य हुँदै प्रेमका पुजारीहरुको बिजय भयो । यसरी एक पादरीजस्तो पवित्र कार्यमा संलग्न ब्यक्तिको नै हत्या भएपछि यसको रोम साम्राज्यमा व्यापक विरोध र  प्रेमका पक्षमा ब्यापक समर्थन जुट्दै गएको थियो र विस्तारै संसार नै प्रेम हो भन्ने नाराका साथ सेन्ट भ्यालेन्टाइनलाइ अमर तुल्याउन १४ फेब्रुअरीलाइ विशेषरुपमा मनाउन थालिएको हो ।

भ्यालेन्टाइन पश्चिमा संस्कृति भएपनि संसारलाइ प्रणय सूत्रको सन्देश सिकाउनु कुनै नराम्रो कार्य अबश्य होइन् । संसारमा हत्या, हिंसा र मानवीयताको खडेरी परिरहेको समयमा प्रेमको भाव फैलिनु अत्यन्तै सुन्दर पक्ष हो । प्रेम विश्वास हो, प्रेम जीवन जीउने आधार हो अनि प्रेम एक सुन्दर रचना हो । यसकारण, प्रेमको कुनै खराबी देखिदैनन् । न त प्रेम भन्ने शब्द आफैले कुनै अशोभनीय अर्थ बोकेको छ ।

एकपटक गहिरिएर सोच्ने हो भने प्रेमबिनाको संसार साँच्चिकै असम्भव छ । मानिसले जीवनमा जस्तोसुकै सफलता हासिल गरेपनि , जस्तोसुकै पदमा पुगेपनि उसँगै प्रेमका अनुभुतिहरुले पनि अंकमाल गरिरहेका हुन्छन् । प्रेम अनुभुतिको खाँचो मानिसलाई मात्रै होइन पशुलाई पनि हुन्छ । प्राणीहरु पनि अब्यक्त प्रेम गरिहेका हुन्छन् । यसकारण प्रेम समस्त ब्रमाण्डमा अटाइरहेका हरेक सजीव भावनाहरुको एक साझा बिशेषता हो । जुन सबैलाइ आबश्यक छ र सबैलाइ खाँचो छ ।

भ्यालेनटाइन डे ७ फेब्रअरीबाछ शुरु हुन्छ । ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म हरेक दिनका आ-आफ्नै महत्व छन् ।

 भ्यालेनटाइन सप्ताहको महत्व के छ  त ?

७ फेब्रुअरी  यो दिनलाइ च्यकभ म्बथ  रुपमा मनाइन्छ । यो  दिन आआफ्नो प्रेमीलाइ वा मन पराएकोलाइ  रातो गुलाव दिएर आफूप्रति आकषिर्त गर्ने गरिन्छ । हिटलरले पनि आफ्नी प्रेमिका इभालाइ ७ फेब्रुअरीमा रातो गुलाव उपहार दिएको किम्वदन्ती छ ।

८ फेब्रुअरी  ८ फेब्रुअरीलाइ प्रपोज डेकोरुपमा मनाइने गरिन्छ । यो दिन आफूलाइ मन परेको मान्छेसंग सम्मान सहित निर्धक्क प्रेम प्रस्ताब राख्न सकिन्छ । यदि तपाइको दिलमा कोही छ भने यो दिन ढुक्कस‍ँग प्रेम प्रस्ताब राख्न सक्नुहुन्छ तर प्रतिउतर जे भएपनी सहर्स स्वीकारन भने तयार रहनुपर्छ ।

९ फेब्रुअरी  ९ फेब्रुअरीलाइ चकलेट डेकोरुपमा मनाइन्छ । यो दिनमा आफूलाई मन परेको मान्छेलाई मिठो खुवाएर भावनात्मकरुपमा नजिक हुन सकिन्छ । मीठो खानेकुरासँगै माया पनि झाँगिदै जाने विश्वास छ । स्वादिलो चकलेटले मायालाइ अझ प्रगाढ बनाउने विश्वास गरिन्छ ।

१० फेब्रुअरी  १० फेब्रुअरीलाइ टेड्डी डे को रुपमा मनाइने गरिन्छ । टेडि एकदमै नरम र मुलायम खालको हुन्छ । यसलाइ माया कोमल हुने भएकाले कोमलताको प्रतिकका रुपमा टेड्डी गिफ्ट दिने गरिन्छ ।

११ फेब्रुअरी  ११ फेब्रुअरीलाइ प्रोमिस डेकारुपमा मनाइन्छ । यो दिन आफ्नो मायालुसँग प्रेमलाई सधै सार्थक पार्ने कसम खाइन्छ । अर्थात्, मायामा विश्वासको कदम बलियो बनाउने यो विशेष दिन हो । जीवनभर अटुट साथ दिने वाचा जोडीहरुले यस दिन खाने गर्दछन् ।

१२ फेब्रुअरी १२ फेब्रुअरी हग डे हो । यो दिन न्यानो आलिङ्गनमा बाँधिएर प्रेमीहरुले आफ्नो प्रेमको गहिरो अनुभुति ब्यक्त गर्ने गर्दछन । यो दिन तपाइले आफ्नो प्रेमिलाई जाँच्ने दिन पनि हो । उसले कति टाइट हग गर्छ यसबाट प्रेमप्रतिको समर्पण मापन गर्ने गरिन्छ । प्रेमीले यदि टाइट हग गरेन भने बुझ्नुस् कि त्यो प्रेम झुटो हो । अनि, आलिंगनमा बाँधिदा तपाइँको प्रेमीको धड्कनमा एक प्रकारको सान्त भाव पाउँनु भयो भने त्यो प्रेम साँच्चीकै अमर हो भनेर बुझ्नुहोस् ।

१३ फेब्रुअरी  फेब्रुअरी १३ एक महत्वपूर्ण दिन हो । यसलाई किस दिवस् अर्थात् चुम्बन दिवसका रुपमा मनाइने गरिन्छ । यसदिन आफ्नो प्रेमिलाई यहाँले मायाको जादु देखाउन सक्नुहुन्छ । यस दिनमा आफ्नो मायालुलाई सुमधुर चुम्बन गरेर आफ्नो अपार माया ब्यक्त गर्न सकिन्छ ।

१४ फेब्रुअरी यो अन्तिम तथा बिशेष दिन हो अर्थात् भ्यालेन्टाइन डे । यसअघि मनाइएको सबै दिनको स्वादसँगै चाख्ने दिने हो यो । यो दिनमा प्रेमीहरुबीच रहेका तीतामीठा सबै भावना खुलस्त एकअर्कालाइ भनेर सेतो पर्दाजस्तो सफा हृदय बनाउनुपर्ने हुन्छ । यस दिनलाई यादगार बनाउन कुनै महंगो उपहार होइन् कुनै अर्थपूर्ण उपहार आफ्नो प्रेमीलाई दिनुहोस् जसले तपाइँको प्रेमलाइ सधै ताजा बनाई राखोस् । कुनै नव प्रेमीले आफुले मन परेको मन्छेलाइ  जे जस्तो प्रतिक्रिया आएपनि प्रेमको प्रस्ताब राख्ने यो एक उत्तम दिन हो । यो दिन जो सुकैलाइ प्रेम प्रस्ताब राख्न खुल्ला छ । तर कसैलाइ परिक्षण गर्ने गरि र कसैलाइ होच्याउने ढंगले  प्रेम प्रस्ताब भने नराख्नुहोस । भित्री मनदेखी चाहनु हुन्छ भने मात्रै प्रेम प्रस्ताब राख्न सक्नु हुन्छ । यो दिनलाइ अत्यन्नै स्मरणीय बनाउनुहोस यो दिन सकेसम्म पहिलो भेटमा रातो गुलाव दिएर माया ब्यक्त गर्नुहोस् ।

 गुलाबका फूलको रङहरुको बिषेशताहरु के के  छन् ?

गुलावको फूलका रङहरु पनि आ-आफ्नै विशेषता छन् । रातो गुलावले एकदमै गाढा प्रेममा रहेको जनाउँन्छ । यदि कसैले रातो गुलाब सहर्ष स्वीकारे उ तपाइँको प्रेममा मदहोस छ भनेर बुझिन्छ । पहेलो रङको गु्लाबको फूल भर्खर सुरु भएको मायामा लागू हुन्छ । कुनै साथीलाई मन पराइएको छ तर अभिब्यक्त गर्न सकिएको छैन भने पहेलो गुलावबाट सुरु गर्नुहोस । पहेलो गुलाव दिनुको अर्थ निकटता जनाउनु र कसैलाइ केयर गर्छू भन्ने हो । यसले मित्रताको सुत्रलाइ सुरुवात गरेको बुझिन्छ जुन पछि प्रेममा बदलिन्छ । सेतो गुलावले पवित्र सम्बन्धलाइ जनाउँछ जुन तपाइले जो सुकैलाइ जतिवेला पनि दिन सक्नुहुन्छ ।  तपाइँ कालो गुलाव भने प्रयोग नगर्नुहोस् किनकि कालो गुलाव पीडाको संकेत हो ।

अन्तमा, प्रणय दिवसको तयारीमा रहेका सम्पूर्ण प्रेमीहरुलाइ अग्रिम शुभकामना । संसार मायामा अडिएको छ । अनि, माया संसारमा ।

 

प्रतिक्रियाका लागि

[email protected]

 

Tags :
प्रतिक्रिया दिनुहोस