पाल्पामा १३ कुष्ठरोगी « प्रशासन
Logo ८ कार्तिक २०७८, सोमबार
   

पाल्पामा १३ कुष्ठरोगी


२४ माघ २०७३, सोमबार


पाल्पा । पाल्पामा हाल १३ जना कुष्ठरोगका बिरामीले नियमित औषधि सेवन गरिरहेका छन् । जिल्लामा सङ्क्रमित कुष्ठरोगीमध्ये आठ जनाले प्रक्रिया पूरा गरेको पाइएको छ । यस आर्थिक वर्षमा चारजना नयाँ कुष्ठरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लामा बर्सेनि १५-१६ को हाराहारीमा कुष्ठरोगीका बिरामी फेला पर्ने गरेको क्षयकुष्ठ रोग अधिकृत विश्वनाथ न्यौपानेले बताP । जिल्ला सदरमुकाम तानसेन नगरपालिका, रामपुर नगरपालिका, खस्यौली, पालुङमैनादी, कसेनी, दोभान, ठिमुरे, दर्लमडाँडा, हेक्लाङ्ग लगायतका गाविसमा कुष्ठरोगका सङ्क्रमित बिरामी देखापरेको न्यौपानेले बताP ।

छाला, स्नायु तथा नशामा असर गरेपछि अङ्गभङ्ग गर्ने ह’Fदा सुरुमा नै स्वास्थ्य संस्थामा उपचार गर्न सङ्क्रमित बिरामीलाई स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् । लाटोफुस्रो दाग देखिने, नशामा असर गर्ने, हातखुट्टा झमझम गर्ने लगायतका लक्षण देखापरेमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गर्न बिरामीलाई सुझाव दिइएको स्वास्थ्यकर्मी बताउँछन् ।  रासस

प्रतिक्रिया दिनुहोस