Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बृहत् शैक्षिक प्रदर्शनी हुने


२४ माघ २०७३, सोमबार


भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यामिक विद्यालयमा बृहत् शैक्षिक एवम् विज्ञान प्रदर्शनी हुने भएको छ ।

ख्वप कलेजमा आइतबार आयोजना गरिएको पत्रकारसम्मेलनमा कलेजका प्राचार्य एवम् प्रदर्शनीका संयोजक रुपक जोशीले माघ २५ देखि हुने तीनदिने प्रदर्शनीमा भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका विभिन्न विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष लाभ मिल्ने गरी विभिन्न सङ्कायको पाठ्यक्रममा आधारित रहेर प्रयोगात्मक विषयको प्रदर्शनी गरिने बताए ।

विद्यार्थीले बनाएका रोबर्टलगायत ८४ वटा विज्ञानसँग सम्बन्धित विषयको प्रदर्शनी, व्यवस्थापन सङ्कायको ४२, शिक्षा सङ्कायको १५ र मानविकी सङ्कायको २२ वटा विषयको प्रदर्शनी गरिने बताइएको छ ।
प्रदर्शनीमा रहेको उत्कृष्ट स्टललाई पुरस्कृत गरिने भएको छ ।

कार्यक्रममा दौड, चेस, भलिबल, बास्केटबल, फुटबल, टेबलटेनिस खेलका विजयी खेलाडी, भक्तपुर काभ्रे अन्तरकलेज बास्केटबल प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

त्यस्तै माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला तथा चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार, कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिने र १० वर्ष सेवा अवधि पूरा गरेको शिक्षक तथा कर्मचारीलाई कदरपत्रद्वारा सम्मान गरिने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस