नेपाल साइन्स ओलम्पियाडका विजेता घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल साइन्स ओलम्पियाडका विजेता घोषणा


२३ माघ २०७३, आइतबार


काठमाडौं । नेपाल साइन्स ओलम्पियाडले संचालन गरेको ‘साइन्स ओलम्पियाड कन्टेष्ट २०१६’ विजेता घोषणा गरिएको छ । शनिवार राजधानीमा आयोजित कार्यक्रममा प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ठ तीन जना विजेता घोषणा गरिएको हो ।

प्रतियोगितामा गोल्डनगेट कलेजका प्रभाकर काफ्ले प्रथम, काठमाडौं मोडल कलेजका प्रज्वल लुइँटेल द्वितिय र ट्रिनिटी कलेजका किरण लामिछाने तृतिय भएका छन् । उनीहरुलाई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति डा. जीवराज पोखरेल, पूर्वमन्त्री गणेश शाहलगायतले सम्मान गरेका थिए । त्यसैगरी प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ठ ४० जनामा पर्न सफल विद्यार्थीहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितमा देशभरका ४० वटा कलेजका चार सय विद्यार्थी सहभागी भएका थिए । प्रतियोगिताअनतर्गत पहिलो चरणबाट उत्कृष्ठद ४० जना छनौट गरिएको थियो भने दोस्रो चरणबाट उत्कृष्ठ तीन जना छनौट गरिएको थियो ।

कार्यक्रममा नाष्टका उपकुलपति पोखरेलले विज्ञान प्रविधिको क्षेत्रको विकास नभइ देशको विकास हुन नसक्ने भएकाले सरकारले यसमा लगानी बढाउनुपर्ने बताए । पूर्वमन्त्री शाहले विज्ञान प्रविधिको विकासका लागि बजेट बढाउन सरकारलाई झक्झक्याउनुपर्ने बेला आएको बताए । कार्यक्रममा नाष्टका प्राज्ञ डा. दिनेशराज भुजुले राजनीतिक नेतृत्वमा विज्ञान प्रविधिको विकास नगर्दा पनि हुन्छ भन्ने दृष्टि दोष रहेकाले त्यसलाई हटाएमा मात्र मुलुकको विकास हुने बताए । कार्यक्रममा एसएर्इ इन्स्टिच्यूटले उत्कृष्ठ तीन जनालाई इन्जिनियरिङ तयारी कक्षा निःशुल्क पढाइदिने घोषणा गरेको छ भने नेमले उत्कृष्ठ मध्येबाट २ जनालाई एमविविस तयारीका लागि छात्रवृत्ति दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस