देश र जनताको हित प्रतिकूल हुने कार्यविरुद्ध एमाले पत्थर झै उभिन्छः ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देश र जनताको हित प्रतिकूल हुने कार्यविरुद्ध एमाले पत्थर झै उभिन्छः ओली


प्रशासन संवाददाता

२२ माघ २०७३, शनिबार


इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विखण्डित पार्ने र अर्काको इशारामा देशलाई बर्बाद तुल्याई सार्वभौमसत्ता खतरामा पार्ने कार्यविरुद्ध आफ्नो पार्टीले जुनसुकै अवस्थामा पनि कडा प्रतिवाद गर्ने बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा पार्टीले आयोजना गरको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले देश र जनताको हित प्रतिकूल हुने कुनै पनि कार्यविरुद्ध पत्थर झैँ रहने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष ओलीले मधेस भूमिमा बसोवास गर्ने धेरै नेताहरूले धेरै वर्षसम्म शासनसत्तामा बसेर आफू र आफ्नो नातागोता र आफन्तलाई बनाउने कार्य गरेको आम नेपालीसामु लुकेको छैन भन्दै नयाँ संविधानले कहाँ कसलाई अप्ठ्यारो पारेको छ स्पष्टरुपमा मधेसवादी नेताहरूले खुलेर भन्न नसक्नुमा मधेस मुद्दा षड्यन्त्रको पुलिन्दाबाहेक केही हुन नसक्ने बताए ।

सरकार स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन गराउन गम्भीर नभएको आरोप लगाउँदै उनले तोकिएको समयभित्र चुनाव नभए संवैधानिक र राजनीतिक सङ्कट आउने भएकाले एमाले त्यस्तो अवस्था आउन नदिन सचेत रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस