Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अन्तराल कपको उपाधि कुमारी बैंकलाई


प्रशासन संवाददाता

२२ माघ २०७३, शनिबार


नेपालगन्ज । छैटौँ अन्तराल कप अन्तर बैंक फाइव–ए–साइड फुटबल प्रतियोगिताको उपाधि कुमारी बैंकले जितेको छ ।
प्रतियोगिताअन्तर्गत शनिवार स्थानीय रङ्गशालामा भएको फाइनल खेलमा कुमारी बैंकले एनआइसी एसिया बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि सुनिश्चित गरेको हो ।
कुमारी बैंकका लागि बालकृष्ण चौधरी र रिसबहादुर थापाले गोल गरेका थिए । यस्तै एनआइसी एसिया बैंकका लागि एक मात्र गोल खुमबहादुर कार्कीले गरेका थिए । उपाधिसँगै कुमारी बैंकले १५ हजार र ट्रफि तथा उपविजेता एनआइसी एसिया बैंकले ५ हजार र ट्रफी प्राप्त गरेको छ ।
कुमारी बैंकका बालकृष्ण चौधरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, एनआइसी एसियाका रवि श्रेष्ठ उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता सिद्धार्थ बैंकका सन्तोष लम्साल तथा अनुशासित टिम नविल बैंक घोषित भयो ।
अन्तरालका सञ्चार संयोजक लक्ष्मी चौधरीका अनुसार पुरस्कृत खेलाडी तथा टिमलाई प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजु अधिकारी, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वली, अखिल नेपाल फुटवल सङ्घ ९एन्फा०का केन्द्रीय सदस्य प्रदेशसिंह राठौर, भेरी प्राविधिक शिक्षालयका प्रमुख भिमकान्त लामिछाने, आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले पुरस्कार, ट्रफी वितरण गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस