दोलखालाई केन्द्र बनाएर ४.४ रिक्टरको परकम्प « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दोलखालाई केन्द्र बनाएर ४.४ रिक्टरको परकम्प


प्रशासन संवाददाता

२२ माघ २०७३, शनिबार


काठमाडौँ । उत्तरी दोलखालाई केन्द्रबिन्दु बनाएर शनिवार गोरखा भूकम्पको अर्को परकम्प गएको छ ।

साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ रिक्टरको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखाको भिमेश्वरदेखि करिब आठ किलोमिटर उत्तरको सुन्द्रावती र लपिलाङको आसपास केन्द्र भएर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

झन्डै दुई महिनाको अन्तरालपछि पुनःपरकम्प गएको हो । यसअघि मङ्सिर १३ गते गोरखामा ४.१ रिक्टरको परकम्प गएको थियो ।

गत २०७२ वैशाख १२ को ७.६ रिक्टरको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७६ परकम्प गएको केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस