३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा स्वरोजगारका लागि सात करोड भित्रिदै

अ+ अ-

तेह्रथुम । तेह्रथुमका विभिन्न सहकारीमार्फत युवा स्वरोजगार कोष केन्द्रीय कार्यालयले सात करोड कर्जा दिने भएको छ । स्वरोजगार कोषसँग कर्जा माग गरी प्रस्ताव पेस गरेका सहकारीको अनुगमन गर्दै कोषले जिल्लालाई रु सात करोड भन्दा बढी रकम युवालाई कर्जा दिने जनाएको हो ।

जिल्लामा रहेर प्रस्ताव पेस गरेका दुग्ध, बहुद्देश्यीय, बचत तथा ऋण सहकारी सस्था गरी १८ वटाको अनुगमन गरिएको केन्द्रीय कार्यालयका अनुगमन अधिकृत चण्डीराज नेपालले बताए । अनुगमनपछि कोषका जिल्ला संयोजन तथा अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको समितिको सिफारिसमा प्रत्येक सहकारीले २० लाख देखि ५० लाखसम्म युवा स्वरोजगारको लागि रकम पाउने तेह्रथुमका कार्यक्रम संयोजक माधव दाहालले बताए ।

यसबाट जिल्लामा सात करोड भन्दा बढी रकम भित्रिने भएको हो । सहकारीले कर्जा लिएर व्यवसाय गरी स्वरोजगार बन्नका लागि सेयर सदस्यलाई बिना धितो ५० हजारदेखि रु दुई लाखसम्म ऋण दिनेछन् । यसको ब्याज १२ प्रतिशत पर्ने र नियमित तिर्ने सदस्यलाई ब्याजको ६० प्रतिशत अनुदान फिर्ता पाउने व्यवस्था रहेको तेह्रथुमका कार्यक्रम संयोजक दाहालले बताए ।

युवा स्वरोजगार कोषले सहकारीको अनुगमन गर्दा सहकारीका विनियम र सहकारी विभागले तोकेका मापदण्डअनुसार सञ्चालन भएका सहकारी, नगरपालिकाको हकमा दुई वर्ष नाफा र गाविसको हकमा एक वर्ष नाफामा चलेका सहकारीलाई छनोट गरिएको थियो ।

यसैगरी, नगरपालिकाको हकमा पाँच लाख र गाविसको हकमा तीन लाख सेयरपुँजी भएका सहकारीको छनोट गरिएको अनुगमन अधिकृत नेपालले बताए । सहकारीबाट रकम दिलाएर कृषि, सिलाइकटाइ, किराना पसल, साना व्यवसाय गरी स्वरोजगार बनाउने र विदेश जानबाट युवालाई रोक्ने स्वरोजगार कोषको उद्देश्य रहेको छ ।

जिल्लामा दुग्ध, बहुद्देश्यीय, चिया, कृषि र बचत गरी दुई सय भन्दा बढी सहकारी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस