५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारिता क्षेत्र मर्यादित हुनुपर्छः अध्यक्ष ओली

अ+ अ-

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजको उन्नतिका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालको १९ औँ स्थापना दिवसको उपलक्ष्यमा सनिवार आयोजित पुरस्कार वितरण तथा सम्मान समारोहमा उनले भने— “नेपाली सञ्चार क्षेत्रलाई व्यवस्थित एवम् प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि प्रेस चौतारीले अग्रेणी भूमिका निर्वाह गर्नुपर्छ ।”

अध्यक्ष ओलीले मुलुकमा प्रजातन्त्र स्थापना भएपछि सञ्चार क्षेत्रले ठूलो फड्को मारेको उल्लेख गर्दै पत्रकारिता क्षेत्र स्वतन्त्र, निष्पक्ष, प्रभावकारी र मर्यादित हुनुपर्दछ भने ।

नेपालमा दुई किसिमको पत्रकारिता देखिएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “सूचना, शिक्षा, मनोरञ्जनसँग जोडिएर जनताको सेवा गर्ने, सचेत गराउने, भ्रमबाट जोगाउने र निष्ठावान पत्रकारिता छ भने अर्को झुठो खबर, भ्रम फैलाउने, राम्रोलाई नराम्रो भन्ने र अन्यौल सिर्जना गर्ने, मनोरञ्जनको ठाउँमा पीडा दिने किसिमको छ ।”

अध्यक्ष ओलीले पत्रकारले देश जनताप्रति निष्ठावान भएर पत्रकारिता गर्नुपर्ने बताउँदै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र समृद्धिलाई ध्यानमा राखेर पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

प्राकृतिक सम्पदा भएको देश नेपालका ४० लाख युवा रोजगारको खोजीका लागि मरुभूमिमा पुगेको दुःखेसो पोख्दै उनले भने, “मुलुकलाई समृद्धिमा ल्याउनका लागि पूर्वाधारको विकास, सञ्चार, कृषिको आधुनिकीकरण, व्यवसायीकरण, कृषिमा आधारित घरेलु उद्योग र पर्यटन क्षेत्रको विकास लागि हामी सबै एकजुट भएर लाग्नुपर्दछ ।”

अध्यक्ष ओलीले विसं २०७४ माघभित्र तिन वटै तहको निर्वाचन नभए मुलुकमा राजनैतिक र संवैधानिक सङ्कट आउने बताउँदै सरकार निर्वाचन गराउने पक्षमा नदेखिएको आरोप लगाए ।

मुलुकमा अनुकुल अवस्था रहेको समयमा पनि सरकार निर्वाचन गराउन नसकेको उल्लेख गर्दै उनले एमालेले जसरी पनि निर्वाचन गराएरै छाड्छन् भने ।

सो अवसरमा अध्यक्ष ओलीले कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट दृष्टान्त साप्ताहिकका सम्पादक शान्ता दाहाललाई सम्मान गरे
। उक्त पुरस्कारको राशि १० हजार छ ।

कार्यक्रममा सो पुरस्कारका संरक्षकद्वय सीता सिग्देल, कमला मैनाली र प्रेस चौतारी मोरङका संस्थापक सदस्यद्वय यज्ञ शर्मा र दिपेन न्योपानेलाई पनि उनले सम्मान गरे ।

प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराई, केन्द्रीय सदस्य विक्रम लुइँटेल, पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टलगायतले प्रेस चौतारी र पत्रकारिताका विविध पक्षमाथि प्रकाश पारे । रासस

प्रतिक्रिया दिनुहोस