Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चुनाव गराउन उत्पन्न गाँठा फुकाउँदै जान प्रधानमन्त्रीको जोड


२२ माघ २०७३, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचन गराउने कार्यलाई सँगसँगै अघि बढाउन चाहिरहेकाले अन्यथा नसोच्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गरेका छन्।

बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्वाचनसम्बन्धी आवश्यक कानुन बनिसकेका सन्दर्भमा स्थानीय निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेसँगै मोर्चाका नेताहरुको असन्तुष्टि सार्वजनिक भएपछि प्रधानमन्त्रीले उनीहरुलाई सनिवार साझ छलफलमा आमन्त्रण गरेका थिए।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले आयोगलाई तयारी गर्न सामान्य निर्देशन मात्र दिइएको र निर्वाचनको मिति घोषणा नभएको तथा संविधान संशोधनमा मोर्चाको माग सम्बोधन गर्न सरकार लागिरहेको भनी आश्वस्त पार्नुभएको जानकारी दिए । “संशोधन विधेयक पारित गर्न कसरी लाग्ने र आगामी जेठभित्र स्थानीय तहको निर्वाचन कसरी गर्ने भन्नेमा छलफल केन्द्रित भयो । चुनाव गराउन उत्पन्न गाँठाहरु फुकाउँदै जान प्रधानमन्त्रीको जोड थियो”,खनालले भने ।

छलफलमा सहभागी सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष अशोककुमार राईले परिमार्जनसहित संशोधन विधेयक पारित नभएसम्म निर्वाचनमा जान आफूहरु तयार नरहेको र त्यस्तो अवस्थामा आन्दोलन गर्न बाध्य हुने पुनःस्पष्ट पारिएको बताए ।

मोर्चाले प्रदेशको विद्यमान सीमाङ्कनसहितको संविधान संशोधनपछि मात्र निर्वाचनमा जान दबाब दिँदै आएको छ । संविधानतः आगामी २०७४ माघ ७ गतेभित्र केन्द्र, प्रदेश र स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता सरकारलाई छ । सरकारले स्थानीय तह पुनःसंरचना आयोगलाई सरकारले दिएको मापदण्ड र उसको प्रतिवेदनमाथि प्राप्त गुनासा (मुख्य गरी प्रदेश नं २) का सम्बन्धमा अध्ययन गरी दुई साताभित्र सुझाव दिन मन्त्रिस्तरीय कार्यदल गठन गरेको विषयमा पनि मोर्चालाई जानकारी गराइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस