आफू राष्ट्रपतिको उम्मेदवार नभएको मुनको स्पष्टोक्ति « प्रशासन
prasaLogo
२० माघ २०७३, बिहीबार

आफू राष्ट्रपतिको उम्मेदवार नभएको मुनको स्पष्टोक्ति


प्रकाशित मिति : 2 February, 2017 10:46 am

सोल(एजेन्सी) । संयुक्त राष्ट्रसङ्घका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफू उम्मेदबार नहुने स्पष्ट पारेका छन् ।

आफ्नो मातृदेशमा भएको आकस्मिक पत्रकार सम्मेलनमा मुनले आफू राष्ट्रपतिको दौडमा नभएको स्पष्ट पारेका हुन् ।

देशमा राजनीतिक परिवर्तन गराउने र राष्ट्रिय एकतामा बाँध्ने आफ्नो इच्छा शक्तिलाई देशका नेतामार्फत् लगाउने पनि बानले संवाददातालाई बताए । उनले आफ्नो यो निर्णयबाट आफ्ना सुभेच्छुकलाई चित्त दुःखेपनि आफू राष्ट्रपतिको उम्मेदवार नहुने जानकारी दिए । उनले अहिलेसम्म कहिल्यै पनि आफू राष्ट्रपतिका लागि उम्मेदवार हुने औपचारिक रुपमा कहीँ नबताएको उल्लेख गरे । उनी गत जनवरी १२ मा मात्रै आफ्नो देश दक्षिण कोरिया फर्किएका हुन् । उनले आफूसँग सहकार्य गर्न चाहने तथा सहयोग लिन चाहाने जो सुकैलाई पनि आफूले सहयोग र सल्लाह दिन सक्ने बताए ।
मुनले सम्हालेको संयुक्त राष्ट्रसङ्घको सबैभन्दा माथिल्लो पदको दोस्रो पाँचवर्षे कार्यकाल गत वर्षको अन्तिममा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस