प्रधानमन्त्रीद्वारा निर्वाचनको तयारीमा रहन प्रमुख निर्वाचन आयुक्तलाई आग्रह « प्रशासन
prasaLogo
२१ श्रावण २०७८, बिहिबार
   

प्रधानमन्त्रीद्वारा निर्वाचनको तयारीमा रहन प्रमुख निर्वाचन आयुक्तलाई आग्रह


१६ माघ २०७३, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई स्थानीय तहको निर्वाचनको तयारीमा रहन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार भएको छलफलमा प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका आधारमा आगामी जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने गरी मिति घोषणाको तयारीमा सरकार रहेको जानकारी प्रमुख आयुक्त यादवलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री र आफूबीच स्थानीय तहको निर्वाचन बारेमै केन्द्रित रहेर छलफल भएको बताउँदै प्रमुख आयुक्त यादवले भने–“निर्वाचन कानुन, मिति घोषणा हुँदा र नहुँदा जटिलता, निर्वाचनका लागि गर्नुपर्ने प्राथमिकताका कामकारबाहीबारे पनि हामीबीच विस्तृत र गहन कुराकानी भयो ।”

सो अवसरमा प्रधानमन्त्री दाहाललाई प्रमुख आयुक्त यादवले आयोगले आगामी फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउन लागेका बारेमा पनि जानकारी गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस