अमेरिकाले रोकेका आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाले रोकेका आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने


१६ माघ २०७३, आइतबार


ओट्टावा(एजेन्सी) । क्यानाडाका प्रधानमन्त्री जस्टीन त्रुदेउले अमेरिकाले बन्देज गरेका विदेशी शरणार्थी तथा आप्रवासीहरुलाई क्यानाडाले स्वागत गर्ने बताएका छन् ।

ट्विटरमार्फत् उनले भनेका छन्, “जसले हिंसा, आतङ्क र युद्ध भोगीरहेको छ, ती सवैलाई क्यानाडाले स्वागत गर्न चहान्छ ।” त्रुदेउले उनीहरुको धर्मको आधारमा कुनै पक्षपात नगर्ने पनि स्पष्ट पारेका छन् ।

“विविधता हाम्रो शक्ती हो, क्यानाडामा स्वागत छ,” उनले ट्विटमा लेखेका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम समुदायका आप्रवासी तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा कडाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि क्यानाडाका प्रधानमन्त्री त्रुदेउले यस्तो सन्देश ट्विटरमा लेखेका छन् ।

ट्रम्पले इरान, इराक, लिविया, सोमालिया, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस