१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकट गाउँमा अलैँचीखेती

अ+ अ-

फलेवास (पर्वत) । बाँझो जग्गाको उपयोग गर्दै पर्वतको दुर्गम भोक्सिङ गाउँका कृषकले दुई करोडको लागतमा अलैँचीको व्यावसायिक खेती सुरु गरेको छ ।

गाउँका युवा विदेश पलायन भएपछि बाँझो जग्गाको उपयोग गरेर आयआर्जन गर्ने उद्देश्यले कृषकले गाउँमै सामूहिक फर्म खोलेर व्यावसायिक खेतीको सुरुवात गरेको हो ।

गाउँमै भोक्सीङ बहुउद्देश्यीय कृषि तथा बाख्रापालन समूहले उपयोग विहीन बनेको पाखोमा अलैँचीखेती सुरुवात गरेका हुन् । अहिले कृषकले बिरुवा रोपेको दुई वर्षमा उत्पादन समेत सुरु गरिसकेका छन् ।

एक हजार ५०० रोपनी क्षेत्रफलमा स्थानीय ३० जना कृषकले खेती सुरु गरेका हुन् । गाउँ छाडेर सहर जाने लहर चलेका कारण खालिभएको पाखो र बाँझो जग्गाको उपयोग गरेर फर्म सञ्चालन गरिएको समूहका सदस्य नारायण गुरुङले जानकारी दिए ।

अहिले ५०० रोपनीमा अलैँचीखेती गरिएको छ उनले भने–“आगामी वर्ष एक हजार ५०० रोपनी जग्गामा बिरुवा रोप्नका लागि तयारी गरेका छौ । समूहले अहिले प्रतिव्यक्ति पाँच लाख सङ्कलन गरेर काम सुरु गरेको गुरुङले बताए ।

अहिलेसम्म अलैँचीखेतीमा रु दुई करोड बढी लगानी गरिसकेका छौंँ उनले भने– अलैँचीको व्यावसायिक उत्पादन सुरु भएपछि यसबाट वार्षिक दुई करोड कमाउने लक्ष्य लिएको छ ।

यस वर्ष एक लाख बिरुवा रोप्ने गरी जग्गाको तयारी भएको छ । यसका लागि नर्सरीमा बिरुवासमेत उत्पादन गरिसकेको कृषक बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालय पर्वतका प्रमुख वासुदेव रेग्मीले बिरुवा रोप्न र प्रशोधन गर्नका लागि कार्यालयले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएको बताए ।

पर्वतमा परम्परागत रुपमा केही ठाउँमा अलैँचीखेती गरिएको भए पनि हालसम्म व्यावसयिक खेती नभएको बताउँदै प्रमुख रेग्मीले भने — कार्यालयले यस वर्षदेखि जिल्लाका अन्य सम्भावित ठाउँमा समेत यसको खेतीका लागि कृषकलाई सहयोग गर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस