३९ जना एसएसपीको सरुवा « प्रशासन
prasaLogo
२० श्रावण २०७८, बुधबार
   

३९ जना एसएसपीको सरुवा


१३ माघ २०७३, बिहिबार


नेपाल प्रहरी

काठमाडौं । प्रहरी महानिरीक्षक र गृहमन्त्रीबीच कुरा नमिल्दा लामो समय देखि अवरुद्ध एसएसपीहरुको बुधबार राति सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ३९ जना एसएसपीहरुको सरुवा गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनाल महानिरीक्षकको सचिवालयमा तानिएका छन् भने उनको ठाउँमा दिनेश अमात्यलाई लगिएको छ । त्यसैगरी संवेदनशिल र महत्वपूर्ण मानिएको काठमाडौं महानगरीय प्रहरी प्रमुखमा छविलाल जोशीलाई ल्याइएको छ भने लागू औषध नियन्त्रणमा धिरु बस्नेत सरुवा भएका छन् ।

प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा कार्यरत एसएसपी रमेश खरेललाई प्रहरी मुख्यालय, युएन शाखा जगेडा र ठूले राइ ललितपुर प्रहरी प्रमुखमा आएका छन् ।

अन्य एसएसपीहरु को कहाँ पुगे, पुरा पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस