५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. लोहनी आजदेखि राप्रपाको राष्ट्रिय अध्यक्ष

अ+ अ-

काठमाडौँ । बुधवारदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको पदभार डा. प्रकाशचन्द्र लोहनीले सम्हालेका छन् ।

निवर्तमान अध्यक्ष पशुपति शम्शेर राणा सो पदबाट अलग हुन चाहेकाले पार्टीको विधानअनुसार डा. लोहनीलाई बुधवार सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो जिम्मेवारी दिएको हो ।

उक्त कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. लोहनीले पार्टीमा सबैलाई एकताबद्ध बनाएर लैजाने र मुलुकमा विद्यमान समस्या समाधानमा सशक्त ढङ्गले क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । उनले विधिका आधारमा पार्टी सञ्चालन गरी आसन्न महाधिवेशनलाई सफल बनाउने दृढता पनि व्यक्त गरे ।

केन्द्रीय अध्यक्ष कमल थापाले डा. लोहनीको कार्यकालको सफलताको कामना गर्दै अहिले देशमा बलियो राष्ट्रवादी शक्तिको खाँचो रहेको औँल्याए । निवर्तमान अध्यक्ष राणाले पार्टीलाई बलियो र गतिशील बनाउन नेता तथा कार्यकर्ता सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार बैठकले राष्ट्रिय अखण्ड पार्टीसँग एकीकरणका लागि पार्टीका उपाध्यक्ष दीपक बोहराको संयोजकत्वमा राजीव पराजुली र हेमजङ गुरुङ सदस्य रहेको एक समिति गठन गरेको छ ।

मुलुकको राष्ट्रिय एकता तथा अखण्डता कमजोर बन्दै गइरहेको अहिलेको अवस्थामा आपसी मतभेद बिर्सेर साझा धारणा बनाउन सबै राजनीतिक दललाई बैठकले आग्रह गरेको छ । मधेस केन्द्रित दलका जायज माग पूरा गरी निर्वाचनको वातावरण बनाउन तथा यही माघ १५ गतेभित्र निर्वाचनको मिति तोक्नसमेत बैठकले माग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस