राजेशपायलको चमेली « प्रशासन
prasaLogo
११ माघ २०७३, मंगलवार

राजेशपायलको चमेली


प्रकाशित मिति : 24 January, 2017 11:13 am

काठमाडौं । गायिका अम्बिका गुरुङद्वारा रचना गरिएको आधुनिक गीत ‘चमेलीको’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अमेरिकाकै आकर्षक लोकेसनमा छायांकन गरिएको उक्त भिडियोमा अभिनेता दिलिप रायमाझी तथा अभिनेत्री सुनिक्षा मैनालीले अभिनय गरेका छन् । भरत रेग्मीद्वारा सम्पादन गरिएको यो भिडियोलाई अनिशा के क्षेत्रीले निर्देशन गरेकी हुन् । मधु ज्ञवाली यो भिडियोका सह–निर्देशक तथा संयोजक हुन् । लोकप्रिय गायक राजेशपायल राईको स्वरमा सजिएको गीतलाई संगीतकार प्रकाश लेप्चाले संगीतबद्ध गरेका छन् । गीतमा लेप्चाकै संगीत संयोजन छ । रोमान्टिक शैलीको यो गीतको भिडियोमा अभिनेता रायमाझी तथा अभिनेत्री मैनालीले आकर्षक अभिनय तथा नृत्य गरेका छन् । अमेरिकामै स्थापना गरिएको परि ड्रिम टिमले यो भिडियो प्रस्तुत गरेको हो ।

प्रतिक्रिया दिनुहोस