Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सय वर्ष पुरानो स्वर्गाश्रम पूर्वाधार र संरक्षणको पर्खाइमा


१० माघ २०७३, सोमबार


म्याग्दी । सयवर्ष पुरानो इतिहास बोकेको म्याग्दीको भकिम्ली–३ मा अवस्थित धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने प्रसिद्ध स्वर्गाश्रम पूर्वाधार विकास, संरक्षण र प्रचारप्रसारको पर्खाइमा रहेको छ ।

समुद्री सतहदेखि झन्डै दुई हजार ५०० मिटरको उचाइमा अवस्थित स्वर्गाश्रममा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेको हो ।

सदरमुकामको पहुँचभन्दा टाढा, सडक मार्गले छुन नसक्नु, बजेटको अभाव, प्रचारप्रसार नहुनु जस्ता कारणले धार्मिक र पर्यटकीय महत्व बोकेको आश्रम विस्तारै ओझेलमा पर्दै गएको छ । पुरानो इतिहास बोकेको प्रसिद्ध स्वर्गाश्रम कालीगण्डकी, धौलागिरि, मुक्तिनाथ, जगन्नाथ, पुलहाश्रमलगायत विभिन्न डाँडाले घेरिएको छ । स्वर्गाश्रममा गणेशको मन्दिर, पौवा, सत्तल आदि रहेका छन् ।

म्याग्दी सदरमुकाम बेनीदेखि तीन कोष टाढा रहेको स्वर्गाश्रममा देशका विभिन्न ठाउँबाट गुरु तथा माता आएर तपस्या गर्ने गर्दछन् । बेनीदेखि गाडीमा डेढ घन्टामा भकिम्ली र त्यहाँबाट आधा घन्टामा पुग्न सकिने आश्रमसम्म सडक निर्माण गर्नसकेमा पनि आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीयवासी बताउँछन् । आश्रमको विकास गर्नसकेमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्वर्गाश्रम व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताए । उनका अनुसार आश्रममा आएर तपस्या गर्ने तपसीका लागि व्यवस्थित बसाईं आवश्यक छ ।

भकिम्लीको स्वर्गाश्रमको डिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«, निलगिरि, मानापाथी, गुर्जा, गणेश, बेहुलाबेहुलीलगायत दजनौँ सेताम्मे हिमाल देखिन्छन् । त्यस ठाउँबाट हिमाल मात्रै होइन म्याग्दीको सदरमुकाम बेनीसहित अधिकांश भाग र पर्वतको उत्तरी क्षेत्र समेत देखिन्छ ।

आश्रम आसपासको वनजङ्गलमा रातो, सेतासहित विभिन्न सात रङका लालीगुराँस पाइन्छन् । स्थानीयवासीले तिनै लालीगुराँसका फूल टिपेर ल्याई गाउँमा हुने सामाजिक तथा धार्मिक कार्यक्रममा फूलमाला, तोरण र उपहारका लागि प्रयोग गर्ने गरेका छन् ।

यसैगरी जङ्गलमा स्वास्थ्यवद्र्धक जडीबुटी जस्तैः सतुवा, चिराइतो, पाखनवेद, लौठेसल्ला, चरचरेलगायत पाइन्छन् । आश्रमको नजिकै ऋषि माताले तपस्या गर्ने गरेको ओढार रहेको छ । यो २०४३ देखि ५५ सालसम्म इन्दिरा माताले तपस्या गरेको गुफा ओढार हो । आश्रममा सन् १९४८ मा छविनन्दप्रसाद गुरुले तपस्या गरेका थिए भने २०१७ सालमा बागलुङको बिहुँबाट प्रमानन्द गुरु बालतपसी आई तपस्या गरेका थिए । समयसमयमा म्याग्दीसहित पर्वत, बागलुङ र चितवनलगायतका जिल्लाबाट तपसी आएर ध्यान गर्ने गरेका छन् ।

आश्रममा विभिन्न मूर्तिकला, सप्तऋषि डाँडा रहेको किम्बदन्ती छ । छिमेकी जिल्ला बागलुङको धम्जा गाविससँग सिमाना जोडिएको क्षेत्र भएको हुँदा धम्जावासी आफ्नो जिल्लाको सदरमुकाम बागलुङ जान स्वर्गाआश्रमको बाटो प्रयोग गर्ने गरेका छन् । आश्रममा हरेक वर्ष वैशाख १ गते रथयात्रासहित विशेष पूजाआजा गरिन्छ । आश्रम नजिकै रहेको तीन हजार मिटरको उचाइमा अवस्थित बेलढुङ्गाबाट म्याग्दी, पर्वत बागलुङ, गुल्मीसहित आठ जिल्लाको केही भाग देखिने स्थानीयको भनाइ छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस