३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् चोरीमा संलग्न नेपाल विद्युत प्राधिकरणका कर्मचारीसहित १६ पक्राउ

अ+ अ-

काठमाडौँ। विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सको अङ्क घटाई विद्युत् चुहावट गर्ने कार्यमा संलग्न विद्युत् प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारी र व्यवसायी गरी १६ जनालाई आइतवार प्रहरीले पक्राउ गरेको छ ।

विगत लामो समयदेखि दर्जनौं उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज तथा व्यक्ति विशेषका घरमा जडित बिजुलीका मिटर बक्स मिलेमतो गरी मिटरको अङ्क घटाउने कार्यमा संलग्न १० जना बहालवाला कर्मचारी र दुई जना पूर्वकर्मचारी तथा चारजना व्यवसायीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले काठमाडौँ उपत्यका र हेटौँडाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

सो कार्य गरेबापत ती कर्मचारीले विभिन्न उद्योग कलकारखाना तथा घरधनीबाट दैनिक तथा मासिकरुपमा मोटो रकम लिँदै आएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।

पक्राउ पर्ने बहालवाला कर्मचारीमा नेपाल विद्युत् प्राधिकरण, बालाजु शाखाका सुपरभाइजर सुमन श्रेष्ठ, बानेश्वर शाखाका इलेक्ट्रिसियन अच्यूत खड्का, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्कका वरिष्ठ सहायक दिलबहादुर साउद, सोही निर्देशनालयका मिटर रिडर ओम ढुङ्गाना, श्याम बस्नेत, प्रदिप शर्मा, ठाकुर महर्जन, मनिज श्रेष्ठ, लगनखेल शाखाका मिटर रिडर सूर्यबहादुर थापा र हेटौँडा वितरण केन्द्रका मिटर रिडर महादेव प्रधान रहेका छन् ।

पक्राउ पर्ने पूर्वकर्मचारीमा नेपाल विद्युत् प्राधिकरण, भक्तपुरका पूर्व सुपरभाइजर भगवान् पाण्डे, प्राधिकरणका पूर्वमेन्टिनेन्स कर्मचारी टहलबहादुर कार्की रहेका छन् ।

यसैगरी, मञ्जुश्री खानेपानीका सञ्चालक गोकर्णेश्वर नगरपालिकाका कुमार लामा, हाउडा जिल्ला उदयनारायणपुर थाना, भारत घर भई गौशालामा मिठाइ पसल सञ्चालन गर्दै आएका तपन घोस, मोतिहारी जिल्ला, पूर्वी चम्पारण भारत घर भई नक्सालमा कपास फ्याक्ट्री सञ्चालन गर्दै आएका परवेज आलम र मोरङ, कोशीहरैचा घर भई रामेश्वर मिठाइ पसल सञ्चालक रमेश चूँडाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रमुख खनालले यस्तो कार्यमा ठूलै गिरोह संलग्न रहेको खुलेको बताउँदै अन्य व्यक्तिसमेत पक्राउ गर्ने तयारी भइरहेको जानकारी दिए । ती कर्मचारीले नेपाल विद्युत् प्राधिकरणका बिल रिडरले उद्योग कलकारखाना तथा व्यक्ति विशेषका घरमा गई मिटरमा उठेको रकमभन्दा कम अङ्कको बिल बनाई मिटर रिडर र ग्राहक मिल्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्राधिकरणको बहालवाला र पूर्वटेक्निसियन तथा सुपरभाइजरले मिटर बक्सको सिल काटी मिटरमा उठेको अङ्कलाई बिल बराबरको अङ्क उल्टोबाट घुमाई मिलाउने गरेको, अङ्क मिलाएपश्चात् सिल वायर, सिल गोटीको प्रयोग गरी मिटरमा आफैँले सिल लगाउँदै आएका थिए ।

मिटरको सिल खोल्न र बन्द गर्न प्रयोग हुने उपकरण सिल वायर, सिल गोटी, हुक, कटिङ पिलास, नोजल पिलास, पेन्चिस, चक्कु, मार्तोल, टेप तथा टर्चलाइट टेक्निसियन स्वयम्ले साथमै गैरकानुनीरुपमा राख्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रत्येक दिन २० देखि २५ स्थानमा उक्त कार्य गर्दै आएको, विगत १२ वर्षदेखि विद्युत् चुहावट गरी ठगी गर्ने कार्यमा संलग्न हुँदै आएको, मिटर रिडरले मिटर रिड गरेपछि मिटरमा उल्लेखित युनिटभन्दा कम युनिटको बिल बनाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

चार÷पाँच महिनासम्म कम युनिटको बिल बनाएपछि ग्राहकले टेक्निसियन कर्मचारी बोलाएर मिटरको युनिट अङ्क घटाउन लगाउने गरेको, टेक्निसियनका कर्मचारीले मिटर बक्सलाई उनीहरुकै घरमा समेत लगेर मिलाइ पुनःजडान गर्ने गरेका थिए ।

मिलाएको युनिटको आधा रकम ग्राहकले र आधा रकम मिटर रिडर, टेक्निसियन कर्मचारी तथा पुरानो मिटर रिडरलेसमेत बाँडफाँड गरी लिने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले बढी विद्युत् खपत हुने उद्योग, कलकारखाना तथा व्यक्ति विशेषका घरमा यस्तो कार्य गर्दै आएको खुलेको छ । रासस

प्रतिक्रिया दिनुहोस