Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

थिएटर मलमा ‘बेड नं९९’


प्रशासन संवाददाता

९ माघ २०७३, आइतबार


काठमाडौं। थिएटर मल नाटकघरमा शुक्रबारदेखि नाटक ‘बेड नं ९९’ सुरु भएको छ ।
महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटकको रुप दिएका हुन् । निर्देशक श्रेष्ठले मनोवैज्ञानिक विम्बहरु मार्फत कथालाई दृश्यमा उतारेका छन् ।

नाटक मञ्चनपछि कथाकार शाहले पात्रहरुले सशरीर उभिएर र हाउभाउ गर्दा आफू रोमाञ्चित भएको बताउँदै कुनै पनि कथाको नाटकीकरण हुनु भनेको कथाले दोस्रो जीवन पाउनु भएको बताए ।
‘बेड नं ९९’ यो एक पुरुषको कथा हो जसले संगैको अर्को शय्या नं ९८ को कथा बोल्छ, जो आफैँमा हीनताबोधले ग्रस्त छ । ऊ आफ्नी श्रीमतीलाई शङ्का मात्र गर्छ । नाटकले त्यस्ता मनोरोगीको उपचार विधिलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ ।

निर्देशक श्रेष्ठले सज्जा र प्रकाशको सुन्दर संयोजन त गर्नुभएको छ नै, त्यससंगै कोरसको माध्यमबाट नाटकलाई विम्ब र प्रतीकले सजाएर कलात्मक रुपमा पनि ओजिलो बनाएका छन् ।

नाटकमा विकास जोशी, श्याम खड्का, सुष्मा कोइराला, रेनुका कार्की, सुशीलालक्ष्मी श्रेष्ठ, श्रीनेहा कोइराला, केसश रिजाल, शुभमगणेश पौडेल, सुमन कोइराला, अञ्जनी भरतवाल, शङ्कर भण्डारी, अर्जुन पौडेल, अनुजा अधिकारी, उमेश कार्की, प्रजुला महर्जनलगायतले अभिनय गरेका छन् ।
नाटक काठमाडौं मल सुनधारास्थित थिएटर मल नाटकघरमा माघ २९ सम्म बुधबारबाहेक हरेक साँझ ५ः०० बजे मञ्चन भइरहेको र शनिबार दिउँसो १ः३० बजे अतिरक्ति प्रदर्शन पनि हुने नाटकघरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस