Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गजल


१ माघ २०७३, शनिबार


सपनाहरू पनि अब यौटा भ्रम नभैदिएहुन्थ्यो,
र माया पनि बद्लिरहने मौसम नभैदिएहुन्थ्यो ।

अर्को जुनी तिम्रै लागि दिन्छु भन्नेले नै यहाँ,
यहि जुनीमा टाढा कमसेकम नभैदिएहुन्थ्यो ।

मनले केही भन्दैन आँखाहरूले केही पढदैन,
व्यर्थ यस्तो अव्यक्त प्रेम हरदम नभैदिएहुन्थ्यो ।

थाहा छ घाम जूनलाइ सँधै आकाश उस्को हुन्न्,
त्यसैले घाम र जूनमा यस्तो अहम नभैदिएहुन्थ्यो ।

दुख्छन् किन यसरी नदुख्नुपर्ने मुटुहरू पनि अचेल,
साँझपख मदिराको जस्तो रमझम नभैदिएहुन्थ्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस